काठमाडौं,३ वैशाख । काठमाडौंको बसुन्धारामा एक महिलाको हत्या भएको छ ।
टोखा नगरपालिकामा अन्दाजी ३५ वर्षीया महिलाको गएराति साढे ९ ÷ १० बजेतिर शव भेटिएको प्रहरीले जनाएको छ । ज्यान गुमाउने महिलाको पहिचान हुन सकेको छैन ।
उनको शरीरमा चोट लागेकाले हत्या भएको हुन सक्ने आशंका गरिएको छ भने घटनाको छानबिन भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्