ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 दशमलब पाँच प्रतिशत बालबालिका अझै विद्यालयबाहिर


एबीसी न्यूज

 

दार्चुला, ३ वैशाख । विद्यालय उमेर समूहका दुई दशमलब पाँच प्रतिशत बालबालिका अझै विद्यालयबाहिर रहेको जिल्ला शिक्षा कार्यालय दार्चुलाले जनाएको छ । जिल्लाका १ देखि ५ वर्ष विद्यालय भर्ना हुने उमेर समूहका बालबालिका अझै पनि विद्यालयबाहिर रहेको कार्यालयको तथ्यांकमा छ ।
नेपालभरिमा नै विद्यार्थी भर्ना दर ९७ दशमलब दुई रहेकामा जिल्लाको विद्यार्थी भर्ना दर केही माथि रहेको पाइएको छ ।

यसैबीच आइतबारबाट विद्यार्थी भर्ना अभियान शुरु भएको छ । ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभुत शिक्षा’ भन्ने नाराका साथ दुई चरणमा विद्यार्थी भर्ना अभियान शुरु भएको जिल्ला शिक्षा कार्यालय दार्चुलाका निमित्त जिल्ला शिक्षा अधिकारी जयराज पन्तले जानकारी दिनुभयो । पहिलो चरणमा आइतबारदेखि १४ गतेसम्म सघन कार्यक्रमअन्तर्गत विद्यार्थी भर्ना अभियान सञ्चालन गरिने उहाँले बताउनुभयो ।

यसैगरी पहिलो चरणअन्तर्गत नै विद्यार्थीको हातहातमा निःशुल्क पाठ्यपुस्तक पुग्ने गरी वितरण गरिने कार्यक्रम रहेको छ ।

यस्तै दोस्रो चरणअन्तर्गत १५ देखि ३० गतेसम्म भर्ना हुन छुटेका बालबालिकाको पहिचान गरी भर्ना अभियान सञ्चालन गरिने उहाँले बताउनुभयो । दोस्रो चरणअन्तर्गत घरदैलोमै गई विभिन्न छलफल, अन्तरक्रिया तथा अभिमुखीकरण गरी भर्ना हुन छुटेका बालबालिकालाई भर्ना गरिने अभियान सञ्चालन गर्ने तयारी भइरहेको छ ।

जिल्लामा गत वर्षको तथ्यांकअनुसार २७८ बालबालिका विद्यालयबाहिर रहेका छन् । यस वर्ष कति विद्यालयबाहिर छन् भन्ने कुराको सर्वे हुन बाँकी रहेको उहाँले बताउनुभयो । गत वर्षको तथ्यांकलाई हेर्ने हो भने जिल्लामा विद्यार्थी भर्ना दर वृद्धि गर्न निकै चुनौती देखिएको छ । बालबालिका विद्यालयबाहिर रहनुको कारणमा आर्थिक अवस्था कमजोर रहेको देखिएको छ ।

जिल्ला शिक्षा कार्यालयको गत वर्षको तथ्यांकअनुसार विद्यालय टाढा भएको कारण पाँच, शारीरिक अपांगता भएका कारण सात, घरायसी कामले गर्दा १०, पढ्न मन नलागेर सात मजदुरी, अर्काको घरमा काम गर्नु पर्ने कारणले एक, बालविवाहका कारण दुई र बसाइँसराइका कारण एक तथा विभिन्न कारणले १६२ जनाले विद्यालय जान नसकेको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com