ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागरिकता नहुँदा यी एकल महिलाले पाएको सास्ती


admin

बाजुरा, ३० चैत ।  बाजुराको बूढीगंगा नगरपालिका– ७ सिमलकोटमा सडक छेउमै एउटा सानो खरले छाएको छाप्रो छ । जस्ता पाताले छाएको जीर्ण घरमा तीन जनाको गन्धर्व परिवार बस्ने गरेका छन् ।

सडकको छेउमा स्थानीय दीपक सुनारले बनाएको टिनको टहरामा सपना गन्धर्वसहित उनका दुई छोरा बेसहारा जीवन बितारहेका छन् । सपनाका गन्धर्वका श्रीमान्को मुत्यु भएको तीन वर्ष भएको छ ।

उहाँका श्रीमान् धन गन्धर्वले पैसाको अभावमा उपचार नपाएरै त्यही छाप्रोमा ज्यान गुमाएको सपना गन्धर्वले गुनासोे सुनाउनुभएको छ ।

उहाँले भन्नुभयो, “अर्काको छाप्रोमा बस्दै आएकी छु, मसँग जग्गा जमिन मात्र हैन, नागरिकतासमेत छैन ।” नागरिकता नभएकै कारण सामाजिक सुरक्षा भत्ताबापतको एकल भत्ता पाउनबाट समेत वञ्चित भएको बताउनुभयो ।

उहाँको नागरिकता बनाउन सनाखत बस्ने आफन्त नभएको र माइती सबैको मृत्यु भइसकेकाले आफूले अहिलेसम्म नागरिकता पाउन नसकेको राससलाई बताउनुभयो ।

नागरिकता बनाउनका लागि स्थानीय जान्नेबुझ्नेलाई पटक÷पटक आग्रह गरिन् । तर कसैले सनाखत नगरिदिएको र नागरिकता बनाउन के–के चाहिन्छ भन्ने जानकारी नभएका कारण नागरिकताबाट वञ्चित भएको सपनाको भनाइ छ ।

नागरिकता बनाउन कर्मचारीले माइतीको नागरिकता ल्याउन भन्छन् तर कालिकोटमा रहेका माइतीका सबै जनाको मृत्यु भइसकेकाले समस्या परेको सपनाको गुनासो गर्नुभयो ।

छोरालाई पढाउनका लागि आर्थिक अभावमा झोला किन्ने पैसा नभएर हातमा नै किताब बोकेर विद्यालय जाने गर्दछन् ।

सपना सिमलकोटमा बस्न थालेको १५ वर्ष जति भयो । पहिले अरुको गोरु गोठमा आश्रय लिएको उनको परिवारलाई दीपक सुनारले आफ्नो सानो छाप्रो दिएपछि पाँच वर्षदेखि यही घरमा बस्ने गरेको बताउनुभयो ।

श्रीमानको मृत्युपछि सपनाको काँधमा दुई छोरा पालनपोषण गर्ने एकल जिम्मेवारी थपियो । श्रीमान् हुँदा गीत गाएर, माटोका भाँडा बनाएर परिवारको गुजारा चल्थ्यो । श्रीमान्को मृत्युपछि मागेर नै छोरा र आफ्नो गुजारा चलिरहेको सपनाले बताउनुभयो ।

सपनाको जेठो छोरा सागर कक्षा ५ र कान्छो छोरा राजेश गाउँकै शारदा माविमा कक्षा २ मा पढिरहेका छन् । हातमा पैसा नहुँदा कपी, कलम र विद्यालय लग्ने झोलासमेत छोरालाई किन्न नसकेको उहाँको भनाइ छ ।

बूढीगंगा नगरपालिकाका नगर प्रमुख दीपकविक्रम शाहले अल्पसंख्यकमा रहेका गन्धर्व समुदायका मानिसको जीवनस्तर सुधार र नागरिकता बनाउन पहल गर्ने बताउनुभयो ।

 

रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसदबाट स्वत:निलम्बित भए बस्नेत

टेरामक्स प्रकरण : पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नेपालको ब्यूरोक्रेसीलाई हामीले नै लोभी बनाएका छौँ – शंकर पोखरेल

प्रधानमन्त्रीसँग चिनियाँ जनकङ्ग्रेसका उपाध्यक्षको शिष्टाचार भेट

मानवीय जीवन र पृथ्वीको भविष्य जोगाउन मिलेर काम गर्नुपर्नेमा जोड

१४ महिनापछि देउवाजीलाई ‘लौ प्रधानमन्त्री’ भन्दै किस्तीमा राखेर पद हस्तान्तरण गर्छु – प्रधानमन्त्री ओली

कांग्रेस सांसद बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै निलम्बन हुने प्रतिनिधिसभा सदस्य ३ पुगे, एक फरार

अब दुईचार दिनमै नयाँ गभर्नर पाउँछौँ – सञ्चारमन्त्री गुरुङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com