काठमाडौ, बैशाख १६ । नेपाली कांग्रेसका नेता भिमसेनदास प्रधानले पार्टीभित्र एकताका लागि पहल सुरु भएको बताएका छन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनले यस्तो बताएका हुन । पार्टी सभापति गगन कुमार थापा र निवर्तमान कार्यवाहक सभापति पुर्ण बहादुर खड्का विच पार्टी एकताका लागि संवाद भएको उनले बताए । पार्टीमा देखिएको बेमेल हटाएर एकताका लागि पहल गर्न खड्का पक्षको बैठक जारी रहेको उनको भनाई छ । कार्यक्रममा उनले भने १५ औं महाधिवेशनको प्रक्रिया अगाडि बढेको हुदा शीर्ष नेताहरु संवादमा बसेको उनको भनाई छ । महधिवेशनलाई सफल पार्दै पार्टीलाई सुदृण बनाउने अवसरको रुपमा उपयोग गर्न नेता कार्यकर्तालाई उनले आह्वान पनि गरे ।



















प्रतिक्रिया दिनुहोस्