काठमाडौ, जेठ ४ गते । शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला र मानवशास्त्री डा. दामोदर त्रिपाठीले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम पुर्ण नरहेको बताएका छन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनीहरुले यस्तो बताएका हुन । कार्यक्रममा उनीहरुले सरकारले नीति तथा कार्यक्रममा नयाँपन र पुर्णता दिन नसकेको बताएका छन । सरकारले सार्वजनिक गरेको कार्यक्रममा डिजिटल शिक्षा र प्रविधिमैत्री सिकाईमा सरकारधो तयारी फितलो रहेको उनीहरुको भनाई छ । नेपालका सबै विद्यालयमा इन्टरनेट र विद्युतको पहँच पुगिनसकेको उनीहरुले बताएका छन । सिमित स्रोतसाधन भएकाले प्रविधिमैत्री शिक्षा लागु गर्ने सरकारलाई चुनौती रहेको उनको भनाई छ ।



















प्रतिक्रिया दिनुहोस्