काठमाडौ, जेठ ४ गते । विक्त विज्ञ प्राध्यापक डा. जितेन्द्र उपाध्यायले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम जनमुखी रहेको बताएका छन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनले यस्तो बताएका हुन । कार्यक्रममा उनले भने नेपालको आर्थिक वृद्धिमा वित्त क्षेत्रको महत्वपुर्ण भुमिका छ । बाह्य सुचकहरुमा वित्तीय क्षेत्र सबल देखिए पनि आन्तरिक आर्थिक गतिविधि र कर्जा विस्तारमा सुस्तता देखिएको उनले बताए । मुलुकको आर्थिक अवस्था शीथिल हुनुमा सुस्त कर्जा प्रवाह तथा खराब कर्जा व्यवस्थापन मुख्य चुनौती रहेको उनको भनाई छ । सरकारले ल्याएको नीति तथा कार्यक्रम सकारात्मक देखिएको उनले बताए । विगतका भन्दा यस पटक नीति तथा कार्यक्रम सुशासन र समृद्धिको यात्रा तर्फ लम्कीएको उनको भनाई छ ।



















प्रतिक्रिया दिनुहोस्