ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि लामिछाने , नख्खु कारागारका जेलर सत्यराम जोशी र तत्कालीन गृहमन्त्री रमेश लेखकको बयानमा के छ ?


एबीसी न्यूज
चैत्र ११, २०८२ बुधबार  ५ : ४९ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जाँचबुझ आयोगमा दिएको बयानमा भदौ २४ गतेको घटनामा आफू र आफ्नो पार्टी कुनै पनि रूपमा संलग्न नरहेको स्पष्ट पारेका छन् । उनले यदि कसैले पार्टीको नाममा संलग्नता देखाएमा कडा कारबाही गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

रवि लामिछानेको पूर्ण बयान

“मिति २०८२ भाद्र २३ गतेसम्म कारागारको अवस्था सामान्य नै थियो । तर भदौ २४ गते करिब दिउँसो साढे १२ बजे कारागारका नाइकेहरूले मलाई कार्यालयमा बोलाए । त्यहाँ सुरक्षा निकायका प्रतिनिधिहरूले कारागार बाहिर असामान्य अवस्था सिर्जना भएको, ठूलो भीड जम्मा भएको र मलाई परिवार तथा पार्टीको जिम्मा लगाएर बाहिर पठाउनुपर्ने अवस्था आएको जानकारी दिए ।

मैले अदालतको आदेशबिना कारागारबाट बाहिर निस्कन अस्वीकार गरें । तर जेल प्रशासनले भीडलाई म स्वयंले सम्झाउन सक्ने भन्दै पटक-पटक आग्रह गरेपछि म कारागार प्राङ्गणमै रहेर भीडलाई सम्बोधन गर्न तयार भएँ र माइकको व्यवस्था गर्न भनें ।

प्रहरी आत्तिएको अवस्थामा भीडले मलाई धकेल्दै बाहिर पुर्‍यायो । त्यसपछि म कारागार छेउको रेस्टुरेन्टको बार्दलीमा चढेर भीडलाई शान्ति, संयमता अपनाउन र सार्वजनिक सम्पत्तिको संरक्षण गर्न अपिल गर्दै सम्बोधन गरें ।

कारागार प्रशासनले मलाई औपचारिक रूपमा थुनामुक्त गर्ने पत्र दिने तयारी गरेको रहेछ, तर पत्र तयार नहुँदै भीडले मलाई कारागार बाहिर लगे । पछि मैले कारागारबाट पत्र आएको जानकारी पाएँ, तर त्यसमा हस्ताक्षर गर्ने वा लेखन प्रक्रियामा मेरो कुनै सहभागिता थिएन । त्यसैले सो पत्रको सम्बन्धमा जेल प्रशासन स्वयं जवाफदेही हुनुपर्छ भन्ने मेरो धारणा हो ।

वास्तवमा मलाई कारागार प्रशासनकै निर्देशनमा भीडको जिम्मा लगाइयो र म निस्किन नचाहँदा नचाहँदै जबरजस्ती बाहिर पठाइयो ।

भदौ २४ को घटनामा मेरो र मेरो पार्टीको कुनै संलग्नता छैन । राष्ट्रिय स्वतन्त्र पार्टीले कुनै पनि हिंसात्मक क्रियाकलापमा प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका खेलेको छैन । यदि कोही संलग्न भेटिएमा कडा कारबाही गरिनेछ ।

कारागारबाट बाहिरिएपछि शुभेच्छुकहरूको सहयोगमा कलाकार रामकृष्ण ढकालको गाडीमार्फत म सुरक्षित स्थानमा पुगें र तत्काल नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाका प्रमुखहरूलाई आफ्नो अवस्थाबारे जानकारी गराएँ । सोही साँझ मैले भिडियो सन्देशमार्फत जनतालाई ‘म सुरक्षित छु र अदालतमा पुनः उपस्थित हुनेछु’ भन्ने जानकारी दिएँ ।

मिति भदौ २८ गते सुरक्षाको प्रत्याभूति पाएपछि म पुनः नख्खु कारागार फर्किएँ ।

यस घटनाक्रमबाट सिक्दै कारागार सुधारका लागि खुला कारागार नीति अवलम्बन गर्नुपर्ने, कैदीबन्दीको मानसिक स्वास्थ्य तथा कानूनी परामर्श प्रणाली सुदृढ गर्नुपर्ने र कैदी पुनर्समीक्षा संयन्त्र स्थापना गर्नुपर्ने सुझाव राख्दछु ।”

नख्खु कारागारका जेलर सत्यराम जोशीको बयान

ललितपुरको नख्खु कारागारका जेलर सत्यराम जोशीले पनि आयोगमा बयान दिँदै भदौ २४ गते भीडले जबर्जस्ती एउटा अज्ञात पत्रमा हस्ताक्षर गर्न बाध्य बनाएको बताएका छन् ।

उनले भनेका छन्, “म र प्रशासनिक कर्मचारीहरू मनोसामाजिक अपाङ्ग वन्दी अस्पताल भवनभित्र लुकेर ज्यान जोगाउने प्रयासमा थियौं । सो क्रममा भीडले मलाई अत्यधिक डरधम्की दिई जीवन–मरणको त्रासमा पारी एक अज्ञात पत्रमा हस्ताक्षर गर्न बाध्य बनायो । पत्रको विषयवस्तुबारे मलाई कुनै पूर्व जानकारी थिएन । उक्त हस्ताक्षर करकाप र आतंकपूर्ण अवस्थामै गरिएको हुँदा त्यसको कुनै वैधानिक हैसियत छैन ।”

जेलर जोशीका अनुसार भीडले मुख्य गेट तोडेर जबर्जस्ती प्रवेश गरेको, रवि लामिछानेलाई बाहिर लगेको र त्यसपछि कारागार प्रशासनको अभिलेख कोठा र प्रहरी भवनमा आगजनी गरेको थियो ।

तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान

तत्कालीन गृहमन्त्री रमेश लेखकले आयोगमा बयान दिँदै भनेका छन्, “भाद्र २३ मा जेनजी पुस्ताले उठाएका मागहरू मूलतः ठीक थिए भन्ने कुरा मैले सार्वजनिक रूपमा नै भनेको छु, तर त्यस पवित्र मनोभावनामा घुसपैठ भएर भएका दु:खद घटना र राज्यका ऐतिहासिक तथा अमूल्य संरचनामाथि भएका आक्रमणलाई केवल आवेगको परिणाम भनेर सीमित गर्न मिल्दैन ।”

उनले जेनजी अगुवाहरूको अभिव्यक्ति “हाम्रो आन्दोलन सफल भएको छ, यसलाई हाइज्याक गरेर हिंसात्मक बनाइँदैछ, साथीहरू आ–आफ्नो घर फर्किनुस्” ले प्रदर्शनमा घुसपैठ भएको तथ्य पुष्टि गरेको बताएका छन् ।

सम्पादकीय टिप्पणी : यो पूर्ण बयानहरूको संकलन हो । जाँचबुझ आयोगको प्रतिवेदन अझै सार्वजनिक भइसकेको छैन । जनआस्था साप्ताहिकले प्राप्त गरेको प्रतिवेदनको आधारमा यी बयानहरू सार्वजनिक भएका हुन् ।

भदौ २३ र २४ को हिंसात्मक घटनामा नेपाली सेनाको भूमिका शंकास्पद : कार्की आयोगको कडा ठहर (विस्तृत)
कार्की आयोगको प्रतिवेदनमा देउवा, प्रचण्ड, बालेन र ओलीको बयान : ‘मेरो घरमा पैसा भेटिएको भिडियो एआई जेनेरेटेड हो’–देउवा
यी हुन् कार्की आयोगको कारबाही सिफारिसमा परेका सेना, प्रहरी, सशस्त्र प्रहरी र गुप्तचरका उच्च अधिकारीहरू (विस्तृत सूची)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘हामीले शान्तिपूर्ण प्रदर्शन गरेका थियौं, तर भीडलाई रोक्न सकेनौं’ आयोजक सुदन गुरुङको आयोगमा दिएको पूर्ण बयान

जेनजी आन्दोलन : गुप्तचर र सुरक्षा निकाय पूरै ‘अन्धो’ रहेको आयोगको ठहर(पूर्णपाठ)

सम्बन्धित

‘हामीले शान्तिपूर्ण प्रदर्शन गरेका थियौं, तर भीडलाई रोक्न सकेनौं’ आयोजक सुदन गुरुङको आयोगमा दिएको पूर्ण बयान

जेनजी आन्दोलन : गुप्तचर र सुरक्षा निकाय पूरै ‘अन्धो’ रहेको आयोगको ठहर(पूर्णपाठ)

सामाजिक सञ्जालमा पेट्रोल बमको छलफल, सुरक्षा निकायलाई थाहै भएन

प्रहरी अधिकारीको बयान : प्रदर्शनकारी संसद् भवनमा छिरेपछि सेनाको टोली हतियारसहित बाटो लाग्यो प्रदर्शनकारीले बञ्चरो, गुलेली र पेट्रोल बमले आक्रमण गरे

कार्की आयोगको प्रतिवेदनमा देउवा, प्रचण्ड, बालेन र ओलीको बयान : ‘मेरो घरमा पैसा भेटिएको भिडियो एआई जेनेरेटेड हो’–देउवा

यी हुन् कार्की आयोगको कारबाही सिफारिसमा परेका सेना, प्रहरी, सशस्त्र प्रहरी र गुप्तचरका उच्च अधिकारीहरू (विस्तृत सूची)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com