ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपाको प्रतिबद्धतापत्र: कालापानी, लिपुलेक र लिम्पियाधुराबारे के भनियो ?


एबीसी न्यूज
माघ २७, २०८२ मंगलबार  ६ : ०७ बजे

काठमाडौं — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । ‘तारा’ चुनाव चिह्न लिएर निर्वाचन मैदानमा उत्रिएको पार्टीले ‘सुशासन र रोजगारी—समाजवादको तयारी’ तथा ‘राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी’ भन्ने मूल नारासहित स्वाधीन र समृद्ध नेपाल निर्माणको विस्तृत मार्गचित्र प्रस्तुत गरेको हो ।

पार्टीले विगतका राजनीतिक परिवर्तनहरूको नेतृत्व आफूले गरेको दाबी गर्दै अब मुलुकको आर्थिक, सामाजिक र शासकीय अवस्थालाई गुणात्मक रूपमा बदल्ने संकल्प गरेको छ । प्रतिबद्धतापत्रमा राजनीतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण, नयाँ चरणको आर्थिक सुधार र सामाजिक न्यायसहितको समृद्धिलाई प्राथमिकताका रूपमा राखिएको छ ।


निर्वाचन प्रणालीमा सुधार

नेकपाले विद्यमान निर्वाचन प्रणाली खर्चिलो, अपारदर्शी र भ्रष्टाचारलाई बढावा दिने खालको भएको निष्कर्ष निकाल्दै यसमा व्यापक सुधारको प्रस्ताव गरेको छ । प्रतिबद्धतापत्रमा भनिएको छ, “जेन–जी पुस्ताको मर्म र मुलुकको आवश्यकता अनुरूप शासकीय स्वरूप र निर्वाचन प्रणालीमा परिमार्जन गरिनेछ ।”

यसअन्तर्गत मन्त्रिपरिषद्को आकार सानो बनाइ २५ जनामा सीमित गर्ने, सांसदहरूलाई पूर्ण रूपमा विधायकी भूमिकामा मात्र केन्द्रित गर्ने तथा संघीयताको मर्मअनुसार संघ, प्रदेश र स्थानीय तहबीच अधिकार र स्रोतको स्पष्ट बाँडफाँट गर्ने योजना अघि सारिएको छ ।


भ्रष्टाचार नियन्त्रण र सुशासनको ग्यारेन्टी

सुशासनलाई विकासको मूल आधार मानेको नेकपाले भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्ने घोषणा गरेको छ । सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्न एक वर्षको समयसीमासहित ‘उच्चस्तरीय सम्पत्ति छानबिन आयोग’ गठन गर्ने प्रतिबद्धता गरिएको छ ।

भ्रष्टाचारबाट आर्जित सम्पत्ति राष्ट्रियकरण गर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रलाई एकीकृत गरी शक्तिशाली ‘लोकपाल’ गठन गर्ने तथा डिजिटल प्रशासनमार्फत सरकारी सेवालाई फेसलेस र पेपरलेस बनाउने उल्लेख छ । पार्टीले भ्रष्टाचारप्रति ‘शून्य सहनशीलता’ अपनाइने स्पष्ट पारेको छ ।


दोहोरो अंकको आर्थिक वृद्धि र ५ लाख रोजगारी

नेकपाको प्रतिबद्धतापत्रको मुख्य आकर्षण आगामी पाँच वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिदर (१० प्रतिशतभन्दा माथि) हासिल गर्ने लक्ष्य हो । हाल २०.१५ प्रतिशत रहेको बहुआयामिक गरिबीलाई घटाएर ५ प्रतिशतमा झार्ने महत्वाकांक्षी योजना प्रस्तुत गरिएको छ ।

प्रतिवर्ष ५ लाख रोजगारी सिर्जना गर्ने, १ लाख रिटर्नी युवालाई उद्यमी बनाउने, वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित गर्ने तथा उत्पादन लागत घटाई स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने नीति लिइएको छ । व्यापार घाटा न्यूनीकरण र निर्यात प्रवर्द्धनलाई समेत प्राथमिकतामा राखिएको छ ।


कृषि र भूमि व्यवस्था : ‘भोकमुक्त नेपाल’

घोषणापत्रमा आगामी दशकलाई ‘कृषि लगानी दशक’ घोषणा गरिएको छ । दुई वर्षभित्र प्रमुख खाद्यान्नमा आत्मनिर्भर हुने लक्ष्यसहित ‘भोकमुक्त नेपाल’ को राष्ट्रिय सङ्कल्प अघि सारिएको छ ।

किसान पेन्सनको व्यवस्था, कृषि उत्पादनको समर्थन मूल्य अग्रिम घोषणा, कृषि बीमाको ग्यारेन्टी तथा आधुनिक कृषि प्रविधिको विस्तार गर्ने प्रतिबद्धता गरिएको छ । साथै दुई वर्षभित्र भूमिहीन दलित र सुकुम्बासीलाई लालपुर्जा वितरण गरी नेपाललाई सुकुम्बासीमुक्त देश घोषणा गरिने उल्लेख छ ।


निःशुल्क स्वास्थ्य, गुणस्तरीय शिक्षा र खेलकुद

स्वास्थ्य सेवालाई पूर्ण रूपमा निःशुल्क र मौलिक हकका रूपमा कार्यान्वयन गर्ने नीति घोषणापत्रमा समेटिएको छ । २०८८ सालसम्म शतप्रतिशत नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने र नसर्ने रोगहरूको उपचार समुदायस्तरमै उपलब्ध गराउने योजना छ ।

शिक्षातर्फ ‘एक पालिका, एक स्मार्ट विद्यालय’ को अवधारणा अघि सार्दै विश्वविद्यालय र शैक्षिक संस्थामा राजनीतिक भागबण्डा अन्त्य गरी योग्यता र प्रतिस्पर्धाका आधारमा नियुक्ति प्रणाली लागू गरिने उल्लेख छ । खेलकुदलाई समृद्धिको आधार मान्दै खेलाडीको पुरस्कार राशि दोब्बर बनाउने र ५० हजार दर्शक क्षमताको स्मारक राष्ट्रिय रंगशाला निर्माण गर्ने प्रतिबद्धता गरिएको छ ।


पूर्वाधार, ऊर्जा र पर्यटन

आगामी पाँच वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने र प्रतिव्यक्ति विद्युत् खपत ७५० किलोवाट घण्टा पुर्‍याउने लक्ष्य नेकपाले लिएको छ । पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने, काठमाडौंमा मेट्रो रेल सञ्चालन गर्ने र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल पाँच वर्षभित्र सम्पन्न गर्ने योजना घोषणापत्रमा समेटिएको छ ।

पर्यटन क्षेत्रमा स्मार्ट टुरिज्म र इको–टुरिज्म प्रवर्द्धन गर्दै नेपाललाई अन्तर्राष्ट्रिय वेडिङ डेस्टिनेसन र हिल स्टेशन हबका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ ।


कालापानी, लिपुलेक र लिम्पियाधुराबारे के भनियो ?

परराष्ट्र नीतिको सन्दर्भमा नेकपाले राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डतालाई सर्वोपरी प्राथमिकतामा राखेको छ । घोषणापत्रमा कालापानी, लिपुलेक र लिम्पियाधुरा जस्ता सीमा विवादहरू कूटनीतिक वार्ता र अन्तर्राष्ट्रिय कानुनी आधार का माध्यमबाट समाधान गरिने स्पष्ट उल्लेख छ ।

असंलग्न परराष्ट्र नीतिलाई सुदृढ गर्दै छिमेकी राष्ट्रहरूसँग समानता, पारस्परिक सम्मान र राष्ट्रिय हितको आधारमा सम्बन्ध विस्तार गरिने तथा कुनै पनि विदेशी दबाब स्वीकार नगर्ने पार्टीको प्रतिबद्धता छ ।


सामाजिक न्याय र समावेशिता

दलित, महिला, आदिवासी जनजाति, मधेसी, मुस्लिम र सीमान्तकृत समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न आवश्यक परे संविधान संशोधन गर्ने, जातीय छुवाछुतविरुद्ध राष्ट्रिय अभियान सञ्चालन गर्ने तथा सामाजिक सुरक्षालाई योगदानमा आधारित बनाउँदै जीवनचक्रभर विस्तार गर्ने नीति घोषणापत्रमा समेटिएको छ ।

समग्रमा, नेकपाको प्रतिबद्धतापत्रले आगामी निर्वाचनलाई केवल सत्ता प्राप्तिको प्रतिस्पर्धा नभई आर्थिक रूपान्तरण, सामाजिक न्याय र राष्ट्रिय स्वाधीनताको निर्णायक मोडका रूपमा प्रस्तुत गरेको छ । पार्टीका अनुसार १० प्रतिशत आर्थिक वृद्धि, ५ लाख रोजगारी र राष्ट्रिय हितको दृढ संरक्षण नै अबको राजनीतिक दिशानिर्देश हो ।

नेकपाको प्रतिबद्धता : अन्तरजातीय विवाह गर्ने जोडीलाई बिना धितो १५ लाखसम्म कर्जा

प्रतिक्रिया दिनुहोस्

भर्खरै

उपसभामुखमा रुवीकुमारी ठाकुर चयन

२६ वर्षीया रुवी कुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुख निर्वाचित

सम्बन्धित

उपसभामुखमा रुवीकुमारी ठाकुर चयन

२६ वर्षीया रुवी कुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुख निर्वाचित

परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच मौरिससमा भेट

रास्वपालाई विश्वास गर्न नसकिने नजिर स्थापित भयो – खुश्बु ओली

उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र शाही

संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले के भने ? (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com