ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपाको प्रतिबद्धता : अन्तरजातीय विवाह गर्ने जोडीलाई बिना धितो १५ लाखसम्म कर्जा


एबीसी न्यूज
माघ २७, २०८२ मंगलबार   ६ : ००   बजे

काठमाडौं — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सार्वजनिक गरेको चुनावी घोषणापत्रमा अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने ठोस आर्थिक कार्यक्रम समेटेको छ । घोषणापत्रअनुसार अन्तरजातीय विवाह गर्ने जोडीलाई आत्मनिर्भर बनाउन बिना धितो सहुलियत ब्याजदरमा १५ लाख रुपैयाँसम्म बैंक कर्जा उपलब्ध गराउने व्यवस्था गरिनेछ ।

पार्टीले संविधानले छुवाछुत र जातीय भेदभावलाई दण्डनीय अपराध घोषणा गरिसके पनि व्यवहारमा विशेषगरी दलित समुदायमाथि हुने विभेद अझै अन्त्य हुन नसकेको उल्लेख गरेको छ । सामाजिक विभेदको जड उन्मूलन गर्न कानुनी व्यवस्थासँगै आर्थिक, सामाजिक र सांस्कृतिक हस्तक्षेप आवश्यक रहेको ठहर गर्दै अन्तरजातीय विवाहलाई सामाजिक रूपान्तरणको महत्वपूर्ण माध्यमका रूपमा अघि सारिएको छ ।

घोषणापत्रमा भनिएको छ कि अन्तरजातीय विवाह गर्ने जोडीलाई आर्थिक असुरक्षाका कारण समाजबाट अलगाव वा दबाब भोग्न नपरोस् भन्ने उद्देश्यले स्वरोजगार, उद्यम र व्यवसायमा लगानी गर्न सहज कर्जा व्यवस्था गरिनेछ । यसले जातीय विभेद अन्त्यसँगै आत्मनिर्भर परिवार निर्माणमा सहयोग पुग्ने पार्टीको विश्वास छ ।

दलित समुदायको शिक्षा, सीप र रोजगारीमा विशेष जोड

नेकपाले दलित समुदायको संरचनागत पछाडि परेको अवस्थालाई सम्बोधन गर्न शिक्षा र सीप विकासलाई प्राथमिकतामा राखेको छ । घोषणापत्रमा दलित समुदायलाई आधारभूतदेखि माध्यमिक तहसम्म अनिवार्य तथा निःशुल्क शिक्षा प्रदान गरिने उल्लेख छ । साथै प्राविधिक तथा व्यावसायिक शिक्षामा लक्षित छात्रवृत्ति व्यवस्था गरिनेछ ।

दलित समुदायमा विद्यमान परम्परागत सीप, कला र श्रमलाई आधुनिक प्रविधिसँग जोड्दै औद्योगीकरण र व्यावसायीकरण गर्ने नीति लिइएको छ । यसका लागि रैथाने सीप र कलासम्बन्धी विश्वविद्यालय स्थापना गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा समावेश गरिएको छ ।

भूमिहीनता, आवास र संस्थागत व्यवस्था

घोषणापत्रमा दलित समुदायमा व्याप्त भूमिहीनता र आवासहीनताको अन्त्य गरिने स्पष्ट गरिएको छ । दलित परिवारलाई सुरक्षित आवास, जग्गा पहुँच र जीविकोपार्जनसँग जोड्ने एकीकृत कार्यक्रम सञ्चालन गरिनेछ ।

यसका साथै दलित समुदायको सर्वाङ्गीण विकासका लागि नीति निर्माण, कार्यान्वयन र अनुगमन गर्ने उद्देश्यले एकीकृत दलित विकास प्राधिकरण गठन गर्ने प्रतिबद्धता गरिएको छ । उक्त प्राधिकरणमार्फत शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशीलता र सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमहरू समन्वयात्मक रूपमा सञ्चालन गरिने जनाइएको छ ।

सामाजिक न्यायतर्फको राजनीतिक सन्देश

नेकपाले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने नीति केवल सामाजिक सहानुभूति नभई जातीय विभेद अन्त्य गर्ने राजनीतिक र वैचारिक हस्तक्षेप भएको दाबी गरेको छ । घोषणापत्रमा भनिएको छ, सामाजिक न्याय बिना समाजवाद सम्भव छैन र जातीय विभेदको अन्त्य नगरी समृद्ध नेपाल निर्माण हुन सक्दैन ।

पार्टीका अनुसार अन्तरजातीय विवाहलाई संरक्षण, सम्मान र आर्थिक सहयोगमार्फत संस्थागत गर्दा मात्रै समानता, समावेशिता र सामाजिक सद्भाव व्यवहारमा स्थापित हुनेछ ।

नेकपाको प्रतिबद्धतापत्र : ‘भोकमुक्त’ नेपालको सङ्कल्प (तस्बिरहरू)
नेकपाको वर्गीकरण : कांग्रेस–एमाले ‘यथास्थितिवादी’, ‘नयाँ शक्ति’ ‘पपुलिष्ट’ !
नेकपाद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

प्रदेश र स्थानीय तहको बजेट : कतै घट्यो, कतै बढ्यो (पूर्णपाठ)

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

बजेट २०८३/८४ : २१ खर्ब २४ अर्बको ‘सुधारवादी’ बजेट, प्रदेश र स्थानीय तहमा मिश्रित प्रभाव ![पूर्णपाठ]

आकारमा अस्वाभाविक ठूलो भयो, यो वास्तविक बजेट होइन : पूर्वअर्थमन्त्री पुन

नवीनताको नाममा अन्योलपूर्ण बजेट: एमाले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group