ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपाको वर्गीकरण : कांग्रेस–एमाले ‘यथास्थितिवादी’, ‘नयाँ शक्ति’ ‘पपुलिष्ट’ !


एबीसी न्यूज
माघ २७, २०८२ मंगलबार   ५ : ४३   बजे

सात प्रदेश–सात हबको अवधारणासहित विकासको खाका सार्वजनिक

काठमाडौं — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरेको चुनावी घोषणापत्रमा मुलुकको राजनीतिक शक्ति सन्तुलन र विकास मोडेल दुवैलाई स्पष्ट रूपमा परिभाषित गरेको छ । घोषणापत्रमार्फत पार्टीले राजनीतिक दलहरूलाई चार वर्गमा वर्गीकरण गर्नुका साथै सातै प्रदेशलाई फरक–फरक विकास ‘हब’ का रूपमा अघि बढाउने महत्वाकांक्षी अवधारणा प्रस्तुत गरेको छ ।

घोषणापत्रअनुसार राजनीतिक शक्तिहरूलाई क्रान्तिकारी, यथास्थितिवादी, पपुलिष्ट र प्रतिगामी पुनरुत्थानवादी गरी चार भागमा वर्गीकृत गरिएको छ । नेकपाले आफूलाई एकमात्र क्रान्तिकारी शक्ति दाबी गर्दै अन्य दलहरू मुलुकको रूपान्तरणमा असफल भएको निष्कर्ष निकालेको छ ।

आफूलाई ‘क्रान्तिकारी शक्ति’ को दाबी

नेकपाले घोषणापत्रमा समाज रूपान्तरणको स्पष्ट समाजवादी कार्यदिशा आफूले मात्र बोकेको दाबी गरेको छ । लोकतन्त्र, गणतन्त्र, संघीयता र समावेशी प्रतिनिधित्व जस्ता उपलब्धि जनआन्दोलन र जनक्रान्तिबाट प्राप्त भएको र त्यसको नेतृत्व आफूले गरेको पार्टीको दाबी छ ।

‘हामीले व्यवस्था बदल्यौँ, अब अवस्था पनि बदल्नेछौँ’ भन्ने उद्घोषसहित नेकपाले अबको राजनीतिक कार्यदिशा आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणतर्फ केन्द्रित हुने स्पष्ट पारेको छ । अन्य दलहरू भाषण र नारामा सीमित भएको आरोप लगाउँदै आफूले व्यवहारमै परिवर्तन गरेर देखाउने प्रतिबद्धता जनाएको छ ।

कांग्रेस–एमाले ‘यथास्थितिवादी’

घोषणापत्रमा नेपाली कांग्रेस र नेकपा एमालेमाथि कडा टिप्पणी गरिएको छ । यी दुई दललाई ‘यथास्थितिवादी शक्ति’ को संज्ञा दिँदै विद्यमान राजनीतिक, आर्थिक र सामाजिक संरचनालाई जस्ताको तस्तै राख्न चाहने शक्ति भएको आरोप लगाइएको छ ।

नेकपाको आरोप अनुसार कांग्रेस र एमालेसँग मुलुकलाई नयाँ दिशामा लैजाने कुनै नवीन वैचारिक दृष्टिकोण छैन । सत्ताको व्यवस्थापनमा अल्झिँदा उनीहरूले आर्थिक असमानता, बेरोजगारी र संरचनागत समस्यालाई समाधान गर्न नसकेको घोषणापत्रमा उल्लेख छ ।

नयाँ शक्ति ‘पपुलिष्ट’ भन्दै प्रहार

नेकपाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत नयाँ उदाउँदा दलहरूलाई ‘सिद्धान्तहीन पपुलिष्ट’ शक्ति को रूपमा चित्रित गरेको छ । घोषणापत्रमा यस्ता शक्तिहरू न त स्पष्ट वैचारिक आधार भएका न त दीर्घकालीन राज्य रूपान्तरणको योजना भएको आरोप लगाइएको छ ।

घोषणापत्रमा भनिएको छ, ‘आफूलाई नयाँ भन्ने पपुलिष्ट शक्ति दृष्टिकोणविहीन छ र भदौ २४ को विध्वंश मच्चाउने तत्वसँग जोडिएको छ ।’ यस्ता शक्तिहरू आक्रोश र लोकप्रियतामा राजनीति गर्ने भए पनि मुलुकका जटिल समस्या समाधान गर्न असक्षम रहेको नेकपाको निष्कर्ष छ ।

राप्रपा ‘प्रतिगामी पुनरुत्थानवादी’

घोषणापत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई ‘प्रतिगामी पुनरुत्थानवादी शक्ति’ को रूपमा वर्गीकृत गरिएको छ । जनक्रान्तिबाट अन्त्य भइसकेको सामन्ती राजतन्त्र पुनःस्थापना गर्ने प्रयासमा यस्ता शक्ति लागेको आरोप नेकपाले लगाएको छ ।

राजतन्त्र, संघीयता र धर्मनिरपेक्षताविरुद्धका गतिविधिले लोकतान्त्रिक उपलब्धिमाथि खतरा उत्पन्न गर्ने भन्दै यस्ता शक्तिलाई जनताले अस्वीकार गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ ।


सात प्रदेश–सात हब : क्षेत्रीय विशेषतामा आधारित विकास मोडेल

राजनीतिक वर्गीकरणसँगै नेकपाले आफ्नो प्रतिबद्धतापत्रमा आर्थिक विकासको स्पष्ट क्षेत्रीय खाका पनि प्रस्तुत गरेको छ । पार्टीले सातै प्रदेशलाई फरक–फरक ‘हब’ का रूपमा विकास गर्ने अवधारणा अघि सारेको छ, जसले केन्द्रित होइन, सन्तुलित र समावेशी विकासलाई जोड दिन्छ ।

कोसी प्रदेश : उद्योग तथा पर्यटन हब

कोसी प्रदेशलाई उद्योग र पर्यटनको केन्द्रका रूपमा विकास गरिने उल्लेख छ । चिया तथा कृषि प्रशोधन उद्योग, साहसिक पर्यटन, हस्तकला उद्यम र पूर्वी नेपाल पर्यटन सर्किट विकास गर्ने योजना नेकपाले अघि सारेको छ ।

मधेस प्रदेश : कृषि तथा धार्मिक पर्यटन हब

मधेसलाई कृषि उत्पादन र धार्मिक पर्यटनको केन्द्र बनाइनेछ । कृषि प्रशोधन उद्योग, जानकी मन्दिर, बौद्ध क्षेत्रलगायत धार्मिक पर्यटन सर्किट विकास गर्ने प्रतिबद्धता घोषणापत्रमा समेटिएको छ ।

बागमती प्रदेश : शहरी, आईटी र नवप्रवर्तन हब

बागमती प्रदेशलाई शहरी अर्थतन्त्र, आईटी र नवप्रवर्तनको केन्द्र बनाउने योजना छ । आईटी स्टार्टअप, ई–कमर्स, नवप्रवर्तन केन्द्र स्थापना तथा काठमाडौँ उपत्यकामा डिजिटल अर्थतन्त्र विस्तार गर्ने लक्ष्य लिइएको छ ।

गण्डकी प्रदेश : पर्यटन तथा जलविद्युत् हब

गण्डकीलाई सांस्कृतिक र साहसिक पर्यटनसँगै जलविद्युत् विकासको केन्द्र बनाइनेछ । त्रिभुज पर्यटन परियोजना, पर्यटन व्यवसायीकरण र जलविद्युत् उत्पादन विस्तार गर्ने योजना घोषणापत्रमा उल्लेख छ ।

लुम्बिनी प्रदेश : कृषि तथा धार्मिक पर्यटन हब

लुम्बिनी प्रदेशलाई कृषि र अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको केन्द्र बनाउने लक्ष्य लिइएको छ । मेगा फूड पार्क, कृषि प्रशोधन उद्योग र विश्वस्तरीय धार्मिक पर्यटन संरचना विकास गर्ने प्रतिबद्धता गरिएको छ ।

कर्णाली प्रदेश : जडीबुटी, फलफूल र इको–टुरिज्म हब

कर्णालीलाई जडीबुटी, फलफूल र इको–टुरिज्मको केन्द्र बनाइनेछ । जडीबुटी प्रशोधन केन्द्र, व्यावसायिक फलफूल खेती र पर्यावरणमैत्री पर्यटनमा विशेष जोड दिइनेछ ।

सुदूरपश्चिम प्रदेश : पर्यावरणीय र धार्मिक पर्यटन हब

सुदूरपश्चिम प्रदेशलाई पर्यावरणीय र धार्मिक पर्यटनसँगै कृषि हबका रूपमा विकास गरिनेछ । इको–टुरिज्म, धार्मिक पर्यटन, कृषि प्रशोधन तथा स्थानीय उत्पादन र परम्परागत मदिराको व्यावसायीकरण गर्ने योजना घोषणापत्रमा समेटिएको छ ।


समग्रमा, नेकपाको घोषणापत्रले आगामी निर्वाचनलाई केवल सत्ता प्रतिस्पर्धाको विषय नभई वैचारिक स्पष्टता, राजनीतिक ध्रुवीकरण र विकासको दिशाको निर्णायक मोडका रूपमा प्रस्तुत गरेको छ । पार्टीका अनुसार यथास्थिति, पपुलिज्म वा प्रतिगमन होइन, समाजवाद उन्मुख रूपान्तरण नै मुलुकको एकमात्र विकल्प हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

प्रदेश र स्थानीय तहको बजेट : कतै घट्यो, कतै बढ्यो (पूर्णपाठ)

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

बजेट २०८३/८४ : २१ खर्ब २४ अर्बको ‘सुधारवादी’ बजेट, प्रदेश र स्थानीय तहमा मिश्रित प्रभाव ![पूर्णपाठ]

आकारमा अस्वाभाविक ठूलो भयो, यो वास्तविक बजेट होइन : पूर्वअर्थमन्त्री पुन

नवीनताको नाममा अन्योलपूर्ण बजेट: एमाले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group