ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विमान दुर्घटनामा मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन


admin
चैत्र ११, २०७४ आईतबार  ८ : ३३ बजे

काठमाडौँ, ११ चैत । विभिन्न धर्मावलम्बीले गत फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगला विमान दुर्घटनामा परी निधन भएका व्यक्तिको सम्झनामा आज माइतीघर मण्डलामा दीप प्रज्वलन गरेका छन् ।

चारुमती बौद्ध विहारले आयोजना गरेको कार्यक्रममा हिन्दू, बौद्ध, शिख, किरात धर्मावलम्बीका साथै मृतकका आफन्त उक्त स्थानमा गरिएको श्रद्धाञ्जलिसभामा सहभागी भएका छन् । वटुकले वैदिक मन्त्रोचारण गरेपछि औपचारिक रुपमा कार्यक्रमको शुरुवात गरिएको थियो ।

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समितिले काम गरिरहेको बताउँदै प्रतिवेदन आएपछि हवाई सुरक्षालाई विशेष सुधार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विहारका प्रमुख भिक्षु तपस्सी धम्मले दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्त तथा परिवारप्रति समवेदना प्रकट गर्दै घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।

कार्यक्रमका संयोजक राज्यलक्ष्मी शाक्यले सो घटनामा परी देशको विभिन्न क्षेत्रका दक्ष जनशक्ति, होनाहार तथा प्रतिभाशाली मानिसको मृत्यु भएकामा दुःख व्यक्त गर्दै मृत आत्माको चिर शान्तिको कामना गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

घटनामा परेर मृत्यु भएकी एन्जला बरालका अभिभावकले उक्त दुर्घटनाका कारण देशको अपुरणीय क्षति भएको बताउँदै आफन्तको सम्झनामा गरिएको सो कार्यक्रमले केही राहतको अनुभव भएको र उनीहरुको चिरस्मरणका लागि सरकारलाई केही योजना ल्याउन आग्रह गर्नुभयो ।

उक्त दुर्घटनामा ४९ जनाको मृत्यु भएको थियो । दुर्घटनाका २२ घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बंगलादेशबाट चिकित्सा शास्त्रसम्बन्धी अध्ययन सकेर फर्केका १३ विद्यार्थीले सोही दुर्घटनामा परी ज्यान गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

धादिङ बस दुर्घटनाः मृतक १८ पुगे, ४ महिला र १ विदेशीको पनि मृत्यु

धादिङमा बस दुर्घटना : घाइते २८ जनाको सनाखत (सूची)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

धादिङ बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, ४ महिला र १ विदेशीको पनि मृत्यु, , २८ जना घाइतेको पहिचान खुल्यो

धादिङ बस दुर्घटनाः मृतक १८ पुगे, ४ महिला र १ विदेशीको पनि मृत्यु

धादिङमा बस दुर्घटना : घाइते २८ जनाको सनाखत (सूची)

Balen deploys one ‘strategic card’ after another to defeat Oli

ट्रम्प निवासमा हतियारधारी प्रवेश : सुरक्षाकर्मीले गोली हानी हत्या

चुनावको मुखमा रास्वपा पहिरो जाने क्रम थामिएनः हल्लियो वैकल्पिक शक्तिको आधार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com