ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचनका लागि सबै तयारी पुरा


admin

काठमाडौँ, १३ असार । निर्वाचन आयोगले दोस्रो चरणमा प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा असार १४ गते हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

आयोगको मिडिया सेन्टरमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सबै मतदातालाई निर्धक्क भएर मतदानमा सरिक हुन आग्रह गर्नुभयो । डा यादवले भन्नुभयो, “सबै मतदाताले एक दिन राष्ट्रका लागि समय प्रदान गरी दुःख सहेर भए पनि मतदानमा सरिक भई आफूले रोजेको योग्य उम्मेदवारलाई मतदान गर्न म यहाँहरूसँग अनुरोध गर्दछु ।”

दोस्रो चरणको निर्वाचनका लागि ६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । निर्वाचनमा ४१ उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।

दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि निर्धारण गरिएको आठ हजार ३६४ मतदान केन्द्रमा गई मतदाताले बुधबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानस्थलमा प्रवेश गरी मतदान गर्नसक्ने आयोगले व्यवस्था मिलाएको छ ।

स्थानीय तहको निर्वाचन गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष, नगरपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्यका लागि हुन लागेको हो । यो ऐतिहासिक निर्वाचनले स्थानीय तहको नेतृत्व गर्ने स्थानीय व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको जनप्रतिनिधिको चयन गर्नेछ ।

निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा सहभागी भई १५ हजार ३८ प्रतिनिधि निर्वाचित गर्नेछन् । यसका लागि देशभर चार हजार ५८१ मतदानस्थलमा आठ हजार ३६४ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदानमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिएका छन् ।
डा यादवले भन्नुभयो, “निर्वाचनमा सुरक्षाको भरपर्दो प्रबन्ध मिलाइएको हुँदा ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन र आफ्नो अमूल्य मत सात जना उम्मेदवारलाई प्रदान गर्न सबै मतदाता महानुभावसँग आयोग आग्रह गर्न चाहन्छ ।”

स्थानीय जनप्रतिनिधि निर्वाचित गर्ने दिन असार १४ लाई महान् पर्वका रूपमा लिई मतदानमा व्यापक सहभागिता जनाउँदै त्यसपछि खेत रोपाइँमा जुट्न आयोगले मतदातासँग आग्रह गरेको छ ।

कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका परिचयपत्र हराएमा, नष्ट भएमा, नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र, सरकारी निकायबाट तस्बिरसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।

मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइएमा स्थानीय तह निर्वाचन निर्देशिकाबमोजिम सानोतिनो भूलचुक मानी निजको नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था पनि आयोगले मिलाएको छ ।

स्थानीय तह दोस्रो चरणको निर्वाचनमा एक महानगरपालिका, सात उपमहानगरपालिका, एक सय ११ नगरपालिका र २१५ गाउँपालिकामा निर्वाचन हुँदैछ । निर्वाचनमा ४८ संस्थाका छ हजार ७३३ पर्यवेक्षकले निर्वाचन पर्यवेक्षण गर्ने छन् भने आयोगले ३५ वटै जिल्लामा अनुगमनकर्ता र सूक्ष्म अनुगमनकर्ता खटाएकोे छ ।

अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई मतदान गर्ने कार्यमा प्राथमिकता दिई उचित व्यवस्थापन मिलाउन र सहज ढङ्गले मतदानको प्रबन्ध गर्न निर्देशन दिइसकिएको जनाउँदै आयोगले भनेको छ, “दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदाताले आफैं मत सङ्केत गर्न नसकेमा एकाघरको परिवारका सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर वा मतदान अधिकृतको सहयोगमा मतसङ्केत गर्न सक्नुहुनेछ ।”

दोस्रो चरणको निर्वाचनमा आयोगले नेपालस्थित कूटनीतिक नियोगका सदस्यलाई तीन वटा प्रदेशका धनकुटा, विराटनगर, भैरहवा, पाल्पा, धनगढी र डडेल्धुरामा अवलोकन भ्रमणको समेत व्यवस्था मिलाएको छ ।

आचारसंहिताको पूर्णपालना गरी मतदातालाई मताधिकारको सुनिश्चित हुने सहज वातावरण निर्माणका लागि सबैसँग अनुरोध गर्दै आयोगले मौन अवधिमा आफ्ना वेबसाइट तथा फेसबुक एवम् ट्वीटरलगायत सामाजिक सञ्जाल वा अन्य माध्यमबाट समेत निर्वाचनको प्रचारप्रसार नगर्न र मौन अवधिको पूर्णपालना गर्न ध्यानाकर्षण गराएको छ ।

नेपाल सरकार, मित्र राष्ट्र, दातृ निकाय तथा विकास साझेदार संस्था तथा अन्तर्राष्ट्रिय समुदायको निर्वाचनमा हुँदै आएको निरन्तर सहयोग र सद्भावप्रति पनि आयोगले धन्यवाद व्यक्त गरेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गराउन सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, कर्मचारी, सुरक्षाकर्मी, नागरिक समाज र आमसञ्चारमाध्यमलगायत सबै क्षेत्रबाट रचनात्मक सहयोग हुने आयोगले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

सि जिनपिङबाट ल्याटिन अमेरिकी नेताहरुलाई बेइजिंगमा सम्वोधन, लगानी बढाउने प्रतिवद्धता

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

सि जिनपिङबाट ल्याटिन अमेरिकी नेताहरुलाई बेइजिंगमा सम्वोधन, लगानी बढाउने प्रतिवद्धता

ट्रम्पलाई साउदी अरेबियामा भव्य स्वागत, खाडीका ३ देशबाट औपचारिक भ्रमण शुरू

बजेटमा आर्थिक सुधारका कार्यक्रमलाई उच्च महत्त्व दिन्छाैँ – अर्थमन्त्री पौडेल

राष्ट्रिय सभामा बहसः मल व्यवस्थापनदेखि काठ आयात प्रतिस्थापनसम्म

हाम्रो पार्टी अफिस एक-एक रुपैयाँमा बनाउँछौँ भन्ने पनि निस्किए – प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com