काठमाडौँ, ३१ जेठ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा अस्ट्रेलियाले टर्कीलाई २–० ले पराजित गर्दै विजयी सुरुवात गरेको छ। क्यानडाको बीसी प्लेस भ्यानकुभर स्टेडियममा भएको खेलमा अस्ट्रेलियाले सीमित अवसरलाई प्रभावकारी रूपमा उपयोग गर्दै महत्वपूर्ण तीन अंक जोड्यो भने टर्कीले खेलमा बढी नियन्त्रण राखे पनि गोल गर्न असफल रह्यो। खेलको २७औँ मिनेटमा नेस्टोरी इरानकुन्डाले गरेको गोलले अस्ट्रेलियालाई अग्रता दिलाएको थियो भने ७५औँ मिनेटमा कोनर मेटाकाल्फले दोस्रो गोल थप्दै जित सुनिश्चित गरे। टर्कीले करिब ६० प्रतिशतभन्दा बढी बल पोजिसन राख्दै लगातार आक्रमण गरे पनि दुई दर्जनभन्दा बढी अवसर सदुपयोग गर्न नसक्दा हार बेहोर्नु पर्यो, जसले उनीहरूको फिनिसिङ कमजोरी उजागर गर्यो। यस जितसँगै अस्ट्रेलिया समूह ‘डी’ मा समान ३ अंक भए पनि गोलअन्तरका आधारमा दोस्रो स्थानमा उक्लिएको छ भने आयोजक अमेरिका शीर्ष स्थानमा छ, टर्की र पाराग्वे भने अंकविहीन रहेका छन्। अस्ट्रेलियाको यो प्रदर्शनले उनीहरूको रणनीतिक अनुशासन र काउन्टर–अट्याक क्षमतालाई मजबुत रूपमा प्रस्तुत गरेको छ।







प्रतिक्रिया दिनुहोस्