ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कैलालीमा महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए


एबीसी न्यूज
जेष्ठ ३१, २०८३ आईतबार   ९ : २८   बजे

काठमाडौँ, ३१ जेठ । कैलालीमा वन अतिक्रमण हटाउने क्रममा कर्मचारीले टेम्पो भिरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भीमदत्त राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–४ को बासपानीमा सडक छेउमा राखेर खुद्रा सामान बिक्री गर्न प्रयोग गरिएको टेम्पो वन कर्मचारीले फालिदिएका हुन् ।

पुरानो टेम्पोमा गोदावरीकै धनादेवी धामीले खुद्रा सामान बिक्री गरेर जीविका चलाउँदै आएकी थिइन् । तर, डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले धामीले सडक छेउमा टेम्पो राखेर वन अतिक्रमण गरेको भन्दै भिरबाट फालेका हुन् ।धामीले टेम्पोबाट कर्मचारीले सामान झारेपछि टेम्पो घर लैजान्छु भन्दा पनि नमानेर सडकबाट भिरमा खसालि दिएको बताइन् । डिभिजन वन कार्यालयका कर्मचारीले टेम्पो नै फालेपछि आलोचना भइरहेको छ ।

यता डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामविचारी ठाकुरले भने पटक-पटक हटाउन ताकेता गर्दा नमानेको दाबी गर्दै हटाउने क्रममा कर्मचारीलाई गालीगलौज गरेएपछि उक्त स्थिति सिर्जना भएका दाबी गरे ।‘सडकमा चलाउन नमिल्ने पुरानो टेम्पोलाई पसलका रुपमा प्रयोग गर्ने गरेको रहेछ ।

हामीले सडक क्षेत्र अतिक्रमण गरेर राखिएको टेम्पो हटाउन विगत पुसदेखि उहाँलाई भन्दै आएका थियौ’, ठाकुरले भने, ‘ तर, अहिलेसम्म नहटाएको देखिएपछि कर्मचारी खाली गर्न पुग्नुभएको थियो । त्यहीबेला उहाँहरुले गालीगलौज गरेपछि आवेशमा त्यस्तो भयो होला ।’ठाकुरले टेम्पो चलाउन मिल्ने खालको नभइ पुरानो भएको बताए । डिभिजन वन कार्यालयले अहिलेसम्म राजमार्ग क्षेत्रमा अतिक्रमण गरि बनाइएका ४७ संचरना भत्काएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अस्ट्रेलिया २–० टर्की: इरानकुन्डाको चमक र योजनाबद्ध खेलले दिलायो ठूलो जित

कैलालीमा महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए

सम्बन्धित

आणविक प्रतिरोधको अनौठो पराजय र रणनीतिक स्थायित्वमा आउँदै गरेको संकट

अस्ट्रेलिया २–० टर्की: इरानकुन्डाको चमक र योजनाबद्ध खेलले दिलायो ठूलो जित

अष्ट्रेलियाको ऐतिहासिक जित, टर्कीलाई २–० ले पराजित गर्दै नकआउट चरण नजिक

फिफा विश्वकप–२०२६: अस्ट्रेलियाले टर्कीविरुद्ध अग्रता लियो

समूह डी को पहिलो खेल : अष्ट्रेलिया र टर्कीबीच विश्वकपको संघर्ष

स्कटल्यान्डको संघर्षपूर्ण जित, हैटीलाई १–० ले पराजित गर्दै समूह ‘सी’ को शीर्ष स्थानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group