काठमाडौं, १६ फागुन । यातायात व्यवस्था कार्यालय एकान्तकुनामा सवारी चालक अनुमतिपत्र लाइसेन्स बनाइदिने भन्दै घुस लिने एकजना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
सवारी चालक अनुमतिपत्र बनाउने क्रममा सेवाग्राहीसँग ३२ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा सवारी चालक अनुमति पत्र नयाँ दर्ता शाखामा कार्यरत नायव सुब्बा लेखनाथ भुषाललाई अख्तियारले पक्राउ गरेको छ ।
लाइसेन्स बनाउनका लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरीको आधारमा उनलाई नयाँ बानेश्वर पक्राउ गरिएको अख्तियारले जनाएको छ । उनी माथि थप अनुसन्धान भैरहेको र भ्रष्टाचारको मुद्दा दर्ता गर्ने तयारी भैरहेको अख्तियारका प्रवक्ता दीर्घराज मैनालीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्