ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एचआईभी सङ्क्रमण नियन्त्रणमा वैज्ञानिकलाई ठूलो सफलता


एबीसी न्यूज
असार २५, २०८१ मंगलबार  १ : ३५ बजे

काठमाडौँ, २५ असार । वैज्ञानिकहरूले प्री–एक्सपोजर प्रोफिल्याक्सिस (पीआरईपी) नामक औषधिको दुई डोज सुई लगाउँदा एचआईभी पूर्णरुपमा निको हुने दाबी गरेका छन्।

दक्षिण अफ्रिका र युगान्डामा गरिएको क्लिनिकल परीक्षणको क्रममा उक्त औषधिको वर्षमा दुई मात्रा लगाउँदा एचआईभी सङ्क्रमण हुनबाट जोगाउने दावी गरिएको हो।

परीक्षणको क्रममा एकजना महिलाले उक्त औषधिको दोहोरो मात्रा लगाउँदा तिनी एचआईभी सङ्क्रमण हुनबाट जोगिएको बताइएको छ।

परीक्षणको क्रममा लेनकापाभिरको ६ महिनाको दुई वटा खोप अन्य दुई औषधि, दैनिक रुपमा खाइने औषधिको तुलनामा एचआईभी सङ्क्रमणबाट राम्रो सुरक्षा प्रदान गर्छ वा गर्दैन भनेर पनि हेरिएको थियो। यी तीन वटै औषधि प्री–एक्सपोजर प्रोफिल्याक्सिस ९पीआरईपी० औषधि हुन्। यस अध्ययनमा दक्षिण अफ्रिकाको इन्भेस्टिगेटर–साइन्टिस्ट लिन्डा गेल बेकरले यो सफलता निकै महत्त्वपूर्ण रहेको बताइन्।

अमेरिकाको सेन्टर फर डिजिजले प्रकाशन गरेको उक्त अध्ययनमा लेनकापाभिर र अन्य २ औषधिको प्रभावको परीक्षणका लागि ५ हजार व्यक्तिका साथै युगान्डामा तीन केन्द्र र दक्षिण अफ्रिकामा २५ केन्द्रमा परीक्षण गरियो। पहिलो, लेनकापाभिरको ५ महिने सुई सुरक्षित रहेको र १६–२५ वर्ष उमेरको बीचका महिलाका लागि पीआरईपीको रुपमा सङ्क्रमणविरुद्ध ट्रुवाडा (एफ-टीडीएफ) को तुलनामा राम्रो सुरक्षा प्रदान गर्नेछ भन्ने पनि दावी गरिएको छ।

जुन व्यापक रुपमा प्रयोग हुने दैनिक पीआरईपी औषधि हो। अर्को, अध्ययनमा डेस्कोभी एफ–टीएएफ, एउटा नयाँ दैनिक ट्याबलेट, एफरटीडीएफ जति प्रभावकारी छ कि छैन भन्ने पनि जाँच गरियो। एफरटीएएफ एउटा सानो ट्याबलेट औषधि हो जुन उच्च आय भएका देशमा पुरुष र ट्रान्सजेन्टर महिलाले प्रयोग गर्छन्।

पूर्वी दक्षिण अफ्रिकामा युवा महिलाहरू सबैभन्दा बढी एचआईभी सङ्क्रमणबाट पीडित छन्। जसका कारण उनीहरूका लागि दैनिक पीआरईपीको उपचार गराउन चुनौतीपूर्ण बनेको छ। परीक्षणको क्रममा लेनकापाभिर लिने २१३४ महिलामध्ये कोहीपनि एचआईभी सङ्क्रमित भइनन्। तुलनात्मक रुपमा ट्रुवाडा (एफरटीडीएफका) लिने १०६८ महिलामध्ये १६ जना र डेस्कोभी (एफ-टीएएफ) लिने २१३६ महिलामध्ये ३९ जना महिला एचआईभी सङ्क्रमित भइन्। यसको अर्थ यो औषधि एचआईभी सङ्क्रमणबाट जोगाउनका लागि शतप्रतिशत प्रभावकारी साबित भएको छ।

अध्ययनमा पीआरईपीको प्रयोगले यौन सम्पर्कबाट सर्ने एचआईभीको जोखिमलाई ९९ प्रतिशत कम गर्ने गरेको तथा लागू औषधको प्रयोगका लागि लगाइने सुईबाट सर्ने एचआईभीको जोखिमलाई ७४ प्रतिशतसम्म कम गर्ने गरेको पनि दावी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेनजीको भाषामा नेकपा : प्रतिबद्धतापत्र कि पुनःब्रान्डिङ?

पूर्वडीआईजी रञ्जन कोइरालाको बन्दीप्रत्यक्षीकरण रिट खारेज, २० वर्ष कैद सजाय यथावत्

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जेनजीको भाषामा नेकपा : प्रतिबद्धतापत्र कि पुनःब्रान्डिङ?

दक्षिण अफ्रिकाले डबल सुपर ओभर थ्रिलर जित्यो, वेस्ट इन्डिजले इंग्ल्यान्डलाई ३० रनले हरायो

पूर्वडीआईजी रञ्जन कोइरालाको बन्दीप्रत्यक्षीकरण रिट खारेज, २० वर्ष कैद सजाय यथावत्

तीन वर्षे ‘रिपोर्ट कार्ड’सहित जनताको अदालतमा विनोद चौधरी

‘देउवा–ओलीसँग भेट्दैमा तरंगित नहुनुहोस्’ : प्रचण्ड, ‘यसपटक कांग्रेस–एमालेसँग सहकार्य हुँदैन’

उपेन्द्र यादवको नयाँ क्षेत्र सप्तरी ३ कति सहज ? प्रतिस्पर्धीको चुनौती कति प्रभावकारी ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com