काठमाडौं, १३ चैत । नेपाल प्रहरीका चार जना असइ (प्रहरी सहायक निरीक्षक)सहित २३ जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।आफूखुसी गैरहाजिर रहेका र खोजतलास गर्दा समेत नआएका प्रहरीलाई सार्वजनिक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालय नक्सालले २३ जनालाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।
गैरहाजिर हुनेमा प्रहरी सहायक जिरीक्षकदेखि कार्यालयसहायसम्म छन् । तोकिएको समयसीमाभित्र हाजिर नभए सेवाबाट हाइने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्