ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘रामदतिवन जलेश्वर धाम’ ओझेलमा


एबीसी न्यूज
माघ २१, २०७४ आईतबार  १ : १० बजे

 कपिलवस्तु, २१ माघ ।   यहाँको वाणगंगा–९ मा रहेको ऐतिहासिक रामदतिवन धाम पर्यटन प्रवद्र्धनको राम्रो वातावरण भएपनि उचित संरक्षण र प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै आएको छ ।

यहाँको पूर्व–पश्चिम राजमार्ग वनगाई खार्खानदीदेखि सात किलोमिटर उत्तर विशाल जंगलभित्र अबस्थित ऐतिहासिक र पुरातात्विक महत्वको पवित्र तीर्थस्थलबाट बग्ने नदीलाई ‘श्रीराम दतिवन जलेश्वर धाम’का रूपमा परिचित छ । पौराणिक कथनअनुसार त्रेतायुगमा भगवान् राम सोही स्थान हुँदै वनवास जाँदा त्यहाँ दतिवन लगाएको किंवदन्ती छ ।

सोही नदी किनारमा देखिने मानिसका पाइला भगवान् रामकै हुन् भनी पूजा हुनुका साथै भगवान् शिवको पनि पूजा गरिँदै आएको छ ।

घनघोर जंगलभित्र रहेको यस पवित्र तीर्थको नदी किनारमा चट्टानले बनेका चित्राङ्कित रामका पाइला, सीता कुवा, राम–लक्षमण, लव–कुसका धनुस, रामविश्रामस्थल, सीताको चुलो, भगवान् विष्णुले छोडेको कछुवासमेत रहनुका साथै यस ठाउँमा दर्जनभन्दा बढी भगवान्ले वास गरेको १२ वर्षदेखि यही धाममा बस्दै आउनुभएका संरक्षक तथा सन्त भोलेबाबा कृष्णशरणले जानकारी दिनुभयो ।

वाणगंगा नगरपालिका भित्रको यस पवित्र धार्मिकस्थललाई जलेश्वर धामका रूपमा चर्चा हुँदै आएको र धार्मिक तथा पर्यटकीय महत्वको क्षेत्र भएको जानकारहरुले बताए पनि यस्को संरक्षण, विकास र प्रवद्र्धन हुन नसकेका कारण ओझेलमा पर्दै आएको हो ।

दुई दशक अघि पहाडबाट गाई लिएर यस जंगलमा चराउन आउने र बास बस्नेहरूले रामको पाइला र अन्य भगवान्का आकृति देख्न नसकेकामा २२ वर्षअघि मात्र तिलौराकोटका एक बाबाले राति सपनामा यस घनघोर जंगलमा रामका पाइला भएको र सो ठाउँमा शिवको पनि ठूलो महत्व रहेको जानकारी पाएपछि खोज तलास गर्दा ती आकृति फेला परेको थियो ।

भगवान् राम वनवासकै क्रममा यस स्थानमा आएर दतिवनले दाँत माझ्दै नदी तर्दा पाइला शिलामा छापिएको किंवदन्तीअनुसार यस ठाउँलाई रामदतिवन धाम राखिएको र ती पाइला रामकै हुन् भन्ने मान्यता रहिआएको छ ।

साउन महिनामा भक्तजनको घुइँचोलाग्ने यहाँस्थित नदीको चट्टानमा देखिने पाइलामा भक्तजनले पूजा गर्दै आएका छन् । गत वर्ष लुम्बिनी पर्यटन प्रवद्र्धन कोषबाट रू छ लाख ६५ हजारबाहेक यस धामले अन्य सरकारी सहयोग पाउन नसकेको धामका अध्यक्ष लालबहादुर खड्काले जानकारी दिनुभयो ।

“बाटो, बिजुली र खाने पानीको राम्रो व्यवस्था नहँुदा यहाँ आउने भक्तजनले दुःख पाएका गुनासो गर्दै धामका प्रमुख संरक्षक कृष्णशरणले भन्नुभयो, “यस ठाउँको ठूलो महत्व रहेको र यहाँ पर्यटकीय धार्मिकस्थल बनाउन सकिने भएपनि सम्बन्धित निकायले चासो देखाएका छैनन् ।”

भोलेबाबा सात रात सात दिनसम्म सोही नदीको जलभित्रै तपस्यामा बस्नुभएको थियो । उहाँ ११ वर्षको उमेरदेखि यहाँ बस्दै आउनुभएको छ । यहाँ आउने भक्तजनले चढाएको भेटीबाट धामको संरक्षण हुँदै आएको छ । प्रत्येक वर्ष महायज्ञ लगाउनाका साथै दैनिक पूजाआजासमेत हुने यसस्थानमा विशेष गरी थारु समुदायका भक्तजन यहाँ बढी आउने गर्छन् ।

कपिलवस्तुका पर्यटकीय धार्मिकस्थलमध्ये यस धामलाई पनि महत्वका साथ हेर्ने गरिएको छ तर प्रचारप्रसार र संरक्षणको अभावमा सधैँ ओझेलमा पर्दै आएको हो । यस पवित्रस्थलमा आएपछि विभिन्न रोग निको हुने धार्मिक विश्वास छ ।

करिब ५० मिटर नदीको क्षेत्रफलमा भगवान्को रामको पाइला विभिन्न सामाग्रीका आकृतिका साथै शिव, गणेश, अन्य देवीलगायका मन्दिर पनि छन् ।

धाम संरक्षणका लागि कहीँ कतैबाट पनि सहयोग प्राप्त नहुँदा यसको महत्व ओझेलमा परेको स्थानीयबासी कृष्ण महत क्षेत्रीले     बताउनुभयो ।
यस धामको भौतिक पूर्वाधार बने स्नान र अवलोकन गर्नका लागि यहाँ दिनहुँ सयौँको संख्यामा पर्यटक भित्रिने सम्भावना छ । अत्यन्त शान्त मनोरम वातारणमा अवस्थित यस धामको संरक्षण र विकासमा समबद्ध पक्षले जोड दिंदै आएका छन् ।

वाणगंगा नगरपालिका क्षेत्रभित्र यो धामसँगै कपिलधाम, रामकुमार बाबा धाम, मधुवन धामलगायत दर्जनभन्दा बढी धार्मिक पर्यटकीयस्थल छन् । पूरा धाम करिब तीन हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

के दुवईको अन्त्य हो यो ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपाको अभिमुखीकरण– नवनिर्वाचित सांसदहरूलाई ६ बुँदे आचारसंहिता

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

काबुलको अस्पतालमा पाकिस्तानको आक्रमण, ४०० जनाको मृत्यु, २५० घाइते

ट्रम्पले पुटिनको तर्कले आफैंलाई प्रमाणित गरिदिए : न्युजविक

के दुवईको अन्त्य हो यो ?

ट्रम्प सहयोगी राष्ट्रप्रति आक्रोशित : हर्मुज जलडमरूमध्य खोल्न सहायता नदिएकोमा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com