ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनीमा एमालेलाई दिएको समर्थन फिर्ता लिने तयारीमा अन्य दल


एबीसी / संवाददाता

काठमाडौँ, १० चैत । लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र)सहितका दलहरूले नेकपा (एमाले) नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेका छन् ।

माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने आन्तरिक गृहकार्य थालेका हुन् ।

गत पुस २७ गते माअ‍ोवादी केन्द्रसहित नागरिक उन्मुक्ति पार्टी, लोसपा, जसपा, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र सांसदको समर्थनमा एमालेको नेतृत्वमा सरकार बनेको थियो । पाँच दल र स्वतन्त्र सांसदहरूको समर्थनमा लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री लीला गिरिले माघ ५ गते विश्वासको मत लिएका थिए ।

सरकार गठनका लागि समर्थन दिएका दलहरूले समर्थन फिर्ता लिने तयारीसँगै लुम्बिनी प्रदेश सरकार अल्पमतमा पर्ने भएको छ । माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालका अनुसार लुम्बिनी प्रदेश सरकारबाट राप्रपाबाहेक सबै दलहरू बाहिरिने तयारीमा रहेको बताए । एमाले र राप्रपा बाहेका दलहरूबीच आन्तरिक छलफल समेत भइरहेको उनको भनाइ छ ।

लुम्बिनी प्रदेशका ८७ सांसदमध्ये सरकार गठनका लागि ४४ जनाको समर्थन आवश्यक पर्छ । मुख्यमन्त्री गिरिले एमाले २९, माओवादी ९, नागरिक उन्मुक्ति ४, राप्रपा ४, लोसपा ३, जसपा ३ र स्वतन्त्र सांसद ३ गरी ५५ जना सांसदको समर्थन पाएका थिए । अब मुख्यमन्त्री गिरिले एमाले र राप्रपाका गरी ३३ सांसदको मात्र साथ पाउने देखिन्छ ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिन ढिलाइ गरेका कारण सरकार समर्थित दलहरूको तयारीले चाँडै पूर्णता पाउन नसकेको नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक राजकुमार चौधरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

शरणार्थी प्रकरणमा थुनछेक बहस आज दोस्रो दिन

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै

सम्बन्धित

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

शरणार्थी प्रकरणमा थुनछेक बहस आज दोस्रो दिन

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै

पाल्पामा जिप दुर्घटना : चालकसहित ४ को मृत्यु , घाइते पाँचको अवस्था गम्भीर

तराईका जिल्लामा अझै केही दिन तातो हावा र लू चल्ने सम्भावना

सर्वोच्चको आदेश : संशोधित नागरिकता ऐन तत्काल कार्यान्वयन नगर

दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com