ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय राजदूतले भने– जुटको एन्टी डम्पिङ शुल्क हटाउन पहल गर्छु


एबीसी / संवाददाता

विराटनगर, ९ चैत । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाली तयारी जुटका सामग्रीमा भारतले लगाउँदै आएको एन्टी डम्पिङ शूल्क हटाउन पहल गर्ने बताएका छन् । भारतले नेपालबाट निकासी हुने जुटका तयारी वस्तुमा पाँच वर्षदेखि ४ प्रतिशतसम्म एन्टी डम्पिङ शूल्क लगाउँदै आएको छ ।

उक्त शूल्कका कारण सुनसरी मोरङमा सञ्चालित आधा दर्जन जुट उद्योग प्रभावित हुँदै आएका छन् । मोरङ ब्यापार संघद्वारा बुधबार आयोजित कार्यक्रममा संघका अध्यक्ष नवीन रिजाल, पूर्वअध्यक्ष प्रकाश मुन्दडा लगायतले नेपाल र भारतबीच हुँदै आएको ब्यापार तथा औद्योगिक समस्याहरुबारे जानकारी गराएपछि राजदूत श्रीवास्तावले जुटको ब्यापार सहजीकरणका लागि आफूले एन्टी डम्पिङ ड्यूटी हटाउनेबारे भारत सरकारसँग पहल गर्ने बताएका हुन् ।

भारतले निकासीमा प्रतिबन्ध लगाएको खाद्यान्न नेपाललाई चाहिने जति मगाउँदा सजिलै उपलब्ध हुने उल्लेख गर्दै श्रीवास्तावले गहुँको उदाहरण दिँदै गहुँ उद्योगीहरुले माग गरेबमोजिम गहुँ पाएको बताए । उनले आवश्यक खाद्यान्नको तथ्यांकसहित माग गरे भारत सरकारले छिमेकी मुलुकलाई खाद्यान्न उपलब्ध गराउने बताएका थिए ।

भारतले विकासमा छिमेकी राष्ट्रहरुलाई पनि सँगै लिएर जाने नीति लिएको स्मरण गराउँदै नेपाललाई पनि विकासमा अघि बढाउने योजना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रहेको श्रीवास्तावले बताएका थिए । यस क्रममा उनले बथनाहदेखि विराटनगरको आईसीपीसम्मको रेल्वे सेवा केही समयभित्रै सञ्चालन हुने पनि बताए ।

साथै उनले आईसीपीसम्म रेल्वे निर्माण सम्पन्न भएको उल्लेख गर्दै केही समयपछि नेपाललाई हस्तान्तरण गर्ने बताएका थिए ।

भारतीय प्रधानमन्त्री मोदीले ल्याएको कार्यक्रम ‘पहिले छिमेकी’ भन्ने नीतिले नै विकासमा साझेदारी गर्दै अघि बढ्ने भारतको योजना रहेको श्रीवास्तावको भनाइ थियो । भारत र नेपाल दुबै भाइभाइ भएको उल्लेख गर्दै उनले विकासमा एकले अर्कालाई सघाएर अघि बढ्नुपर्ने बताए ।

विराटनगरमा बन्द गरिएको भारतीय दूतावासको कार्यालय खोल्नुपर्ने माग उद्योगी व्यावसायीबाट उठेपछि श्रीवास्तवले नेपाल सरकार र विराटनगरवासीले चाहेमा भारतीय दूतावासको कार्यालय विराटनगरमा खुल्ने बताए । ुयो विषयमा नेपाल सरकारले अनुमित दिनुपर्छ, दियो भने यहाँ दूतावासको कार्यालय खुल्छ,ु श्रीवास्तवले भने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com