काठमाडौँ, ४ फागुन । नेकपा (एमाले)निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै छ । आज बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ ।
नयाँ नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष मोती विक, झविन्द्र खत्री र महासचिव समिक बडाल मैदानमा छन् ।
महाधिवेशनले आगामी २ वर्षका लागि १९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी र तीन आयोग (अनुशासन, लेखा र निर्वाचन) निर्वाचित गर्ने छ । महाधिवेशनमा १ हजार ५७३ प्रतिनिधि सहभागी छन् ।
यस्तै, निर्वाचन प्रक्रियालाई व्यवस्थित, छिटोछरितो बनाउन विद्युतीय मेसिनमार्फत् निर्वाचन गर्ने व्यवस्था गरिएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा मंगलबारदेखि सुरू भएको महाधिवेशन बिहीबारसम्म सञ्चालन हुने छ ।
प्रतिक्रिया दिनुहोस्