ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रज्ञामा भूपाल, नाट्यमा निशा र ललितकलामा नारदमणि नियुक्त


एबीसी / संवाददाता
फाल्गुन ४, २०७९ बिहीबार  ७ : ५७ बजे

काठमाडौँ, ४ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानको नयाँ कार्यसमिति गठन गरेको छ ।

संस्कृतिमन्त्री सुदन किरातीको सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन वटै प्रज्ञा प्रतिष्ठानको नयाँ कार्यसमिति गठन गरेका हुन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कवि भूपाल राई नियुक्त भएका छन् भने उपकुलपतिमा कवि विमल निभालाई नियुक्त गरिएको छ । त्यस्तै, सदस्य सचिवमा प्राडा धनप्रसाद सुवेदीलाई नियुक्त गरिएको छ ।

प्राज्ञहरूमा मधुसुदन गिरी, डा.कृष्णराज अधिकारी, राजन मुकारूङ, बाबा बस्नेत, डा.कौशिला रिसाल, हंसावती कुर्मी, अमर न्यौपाने, त्रैलोक्यमान बनेपाली नियुक्त भएका छन् । साथै २४ जना प्रज्ञासभा सदस्य पनि नियुक्त भएका छन् ।

यसैगरी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा मूर्तिकार नारदमणि हार्तम्छाली नियुक्त भएका छन् भने उपकुलपतिमा पेन्टर लालकाजी लामालाई नियुक्त गरिएको छ । त्यस्तै, सदस्य सचिवमा पाल्साङ्मो लामालाई नियुक्त गरिएको छ ।

प्रज्ञहरूमा प्रदीप अधिकारी, सौरगंगा अधिकारी, दिनेश्वर महतो, सञ्जय वान्तवा, अरूणा हिङमाङ, देवेन्द्रकुमार काफ्ले नियुक्त भएका छन् । साथै २४ जना प्रज्ञसभा सदस्य पनि नियुक्त भएका छन् ।

मन्त्रालयले नेपाल संगीत तथा नाट्य प्रतिष्ठानको कुलपतिमा रंगकर्मी निशा शर्मा नियुक्त भएकी छन् भने उपकुलपतिमा गायक शम्भु राईलाई नियुक्त गरिएको छ । त्यस्तै, सदस्य सचिवमा कुस्मा महरालाई नियुक्त गरिएको छ ।

प्राज्ञहरूमा कर्णबहादुर गौतम, बखतबहादुर हमाल, डक्टर राई, हिसनबहादुर मगर, टीका पुन, चेतन सापकोटा नियुक्त भएका छन् । साथै २४ जना प्राज्ञसभा सदस्य पनि नियुक्त भएका छन् ।

कुलपतिहरूको शपथ बिहीबार हुने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन सरकारको १०० दिने शासकीय सुधार कार्यसूची -२०६२/६३ देखिका पदाधिकारीको सम्पत्ति छानबिन (पूर्णपाठ)

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालेन सरकारको १०० दिने शासकीय सुधार कार्यसूची -२०६२/६३ देखिका पदाधिकारीको सम्पत्ति छानबिन (पूर्णपाठ)

ओली-लेखक पक्राउबारे कांग्रेसले भन्यो– सरकार संयमित नभए देश द्वन्द्वतर्फ जानसक्छ

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com