काठमाडौँ, २ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले १६ जना केन्द्रीय सदस्य थप्ने निर्णय गरेको हो ।
१६ जना थपिएसँगै केन्द्रीय समिति ४० सदस्यीय बनेको छ । यसअघि रास्वपा केन्द्रीय सदस्यमा २४ जना सदस्य थिए ।
रास्वपाले अहिले केन्द्रीय सदस्य नभएका तर सांसद रहेकाहरूलाई भने केन्द्रीय समितिमा ल्याएको छैन ।
सोमबारको बैठकले निशा मेहता, विदवासिनी कंसाकार, रूपा शंकर, विजय जैरू, मेघ आले, लिला अधिकारी, रमेश प्रसाईं, अर्जुन अधिकारी, क्रान्तिशिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्रीलाई केन्द्रीय सदस्य बनाउ निर्णय गरेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्