ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शुक्लाफाँटा निकुञ्ज पीडितले कहिले पाउने न्याय ?


admin

भीमदत्तनगर, ११ माघ । गत मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका क्रममा शिविरमा पुग्ने राजनीतिक दलका नेता तथा उम्मेदवारले दिएको आश्वासनबाट पुनःस्थापना हुनेमा आशावादी देखिएका कञ्चनपुरका शुक्लाफाँटा निकुञ्ज विस्थापित त्रिपालमुनि संघर्षका रात बिताउन बाध्य छन् ।

चिसोसँगै विस्थापित त्रिपाल, खरलगायतका अस्थायी वस्तुको टहरामा कष्टकर जीवनयापन गरिरहनुभएको छ । २०५८ सालमा निकुञ्जबाट विस्थापित गर्दा सरकारी सुविधाबाट वञ्चित भएकालाई हरेक निर्वाचनका बेला मत माग्न दलीय आश्वासन पाएपनि निकुञ्ज पीडितको समस्या अझै समाधान हुन सकेको छैन । “चुनाव सकिएर संघीय संरचनाअनुसार मुलुकको अवस्था फेरिन थालिसक्यो ।” निकुञ्ज पीडित संघर्ष समितिका अध्यक्ष हीरासिंह भण्डारीले भन्नुभयो– “नेताको पनि बोलीमा कुनै भर देखिएन ।”

सरकारले पनि विभिन्न राजनीतिकदेखि प्रशासनिक आयोगसम्म निर्माण गरेर निकुञ्ज पीडितको पुनःस्थापना गर्न खोजे पनि त्यो साकार हुन सकेको छैन । “अब स्थानीय र प्रदेश सरकार मिलेर हाम्रो समस्याको समाधान खोजिनुपर्छ ।” संघर्ष समितिका अध्यक्ष भण्डारीले भन्नुभयो– “हाम्रा सन्नतिले कहिलेसम्म त्रिपालभित्रको दुखःको दिन काट्ने ?”

२४ औँ आयोगले प्रमाणीकरण गरेका दुई हजार ४७३ परिवार विस्थापित प्रमाणित गरेको थियो । त्यसपछि बनेका आयोगले पीडितको संख्या कम रहेको दाबी गर्दै आएको छ । अन्तिममा बनेको आयोगको प्रतिवेदनअनुसार सरकारले पनि विस्थापितलाई केही रकम र केही जग्गा दिन तयार देखिए पनि विस्थापितले पुनःस्थापना रकम न्यून रहेको भन्दै विरोध जनाएका थिए ।

निकुञ्ज विस्थापित करन चौधरीले शिविरमा डेढ दशकदेखि बस्दै आएको बताउनुभयो । “आश्वासन धेरै, समस्या समाधानको पहल थोरै हुँदा शिविरमा दैनिकी टार्न धेरै समस्या भयो ।” उहाँले भन्नुभयो– “पुनःस्थापनाका आश अझै कति वर्षसम्म गर्नुपर्ने हो थाहा नै छैैन ।” उहाँले शिविरमा खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका कुनै सुविधा नरहेको बताउनुभयो ।

दुई वर्षअघि सरकारले पीडितको समस्या समाधानका लागि पूर्व न्यायाधीश ठाकुरप्रसाद शर्मा नेतृत्वको आयोगले १४८० घरधुरीलाई जग्गा वितरण गर्ने र जग्गा उपलब्ध हुने सम्भावना नभएकामा विस्थापितलाई आर्थिक राहत उपलब्ध गराउन सकिने प्रतिवेदन पेश गरेको थियो । सोहीअनुसार विस्थापितको समस्या समाधान गर्न खोजिए पनि तत्काल सहमतिका माध्यमबाट समाधान हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com