ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कान्तिपुरका प्रकाशकमाथिको आरोप प्रमाणित गर्न मिडिया सोसाइटीको चुनौति (विज्ञप्तीको पूर्णपाठ)


ABC NEWS

काठमाडौं, २६ पुस । नेपाल मिडिया सोसाइटीले जनतालाई सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह गरिरहेको नेपाली प्रेसमाथि आर्थिक स्वार्थ समूहबाट त्रास उत्पन्न गर्न खोजिएकोमा आपत्ति जनाएको छ ।
सोसाइटीका अध्यक्ष पुष्करलाल श्रेष्ठ र महासचिव शुभशंकर कडेलद्धारा जारी वक्तव्यमा राजनीतिक संरक्षणको आवरणमा प्रेसलाई धम्की, दवाव, र स्वनियन्त्रणको बाटोमा पुर्‍याउन विभिन्न स्वार्थ समूह कृयाशिल भएको तर्फ मिडिया क्षेत्रलाई सचेत रहन आह्वान गरेको छ ।

व्रिटिश भर्जिन आइल्याण्ड लगायतका ट्याक्स हेभन मानिने मुलुकबाट नेपाली व्यक्तिले कम्पनी खोल्ने र आफ्नै कम्पनीमा ऋण भित्र्याउने गरिएको घटनावारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो र सम्पत्ति शुद्धिकरण विभागको छानविन सम्वन्धी प्रतिवेदनका आधारमा कान्तिपुर दैनिकमा प्रकाशित समाचारको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय काठमाडौंमा कान्तिपुर दैनिकका प्रकाशक कैलाश सिरोहिया विरुद्ध धम्की दिएको भन्ने अनर्गल आरोप सहित उजुरी गरिएको विषयप्रति सोसाइटीले आपत्ति प्रकट गर्दै आरोप प्रमाणित गर्न चुनौति दिएको छ ।
विज्ञप्तीमा भनिएको छ ः कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियाबाट कहिले, कुन माध्यमबाट र कसरी उनीमाथि धम्की दिइएको हो स्पष्ट गर्नु पर्दछ । अन्यथा झूठा उजुरी गर्ने र नेपाली प्रेसलाई सत्ता र शक्तिको प्रयोग गरेर तर्साउन खोज्ने दुष्प्रयत्नलाई निरुत्साहित गर्न कारबाही गरिनु पर्दछ ।

विज्ञप्तीको पूर्ण पाठ :

‘लोकतान्त्रिक खुला समाजको् प्रमुख आधारस्तम्भ स्वतन्त्र प्रेस हो । प्रेसले राजनीतिक सामाजिक तथा आर्थिक लगायतका विसंगति र विकृतिलाई रोक्न सत्ता र शक्तिको अभ्यास गर्नेहरुलाई खबरदारी गर्दछ भने जनतालाई सार्वभौमिक नागरिक अधिकारको उपभोग गर्दै स्वच्छ समाज निर्माणमा सहभागी हुन प्रेरित गर्दछ । जनतालाई सूसुचित गर्ने कुरा प्रेसको मुख्य कर्तव्य र दायित्व हो । प्रेसले अन्तराष्टिय मान्यता, प्रचलन र लोकतान्त्रिक संविधानले प्रदत्त गरेको दायित्व बहन गर्दा विभिन्नखालका स्वार्थ समूहका गलत क्रियाकलापमा अवरोध पुगेको महसुस गरेर झन बढी उदण्डता प्रदर्शन हुने गरेका अनेक दृष्टान्तहरुको अभाव छैन । प्रेसले जनतालाई सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह गर्दागर्दै पनि समाचार वा विश्लेषणकाप्रति विधिसम्मत तरिकाले कसैले पनि असहमति व्यक्त गर्ने वा कानुनी रुपमा चुनौति दिने कुुरालाई उत्तिकै सम्मान गरिनुपर्दछ भन्नेमा नेपाल मिडिया सोसाइटी दृढ छ । तर कुनै स्वार्थ समूह वा राजनीतिक आवरणको संरक्षणमा देशलाई घात गर्ने, जनताको सूसुचित हुने अधिकारलाई कुण्ठित गर्ने तत्वहरुले प्रेसलाई त्रास, दबाब, धाक, धम्की र आपराधिक हमला हुने गरेका विश्वव्यापी घटनाहरुप्रति पनि नेपाल मिडिया सोसाइटी सेचत र अवगत छ । नेपालका हरेक राजनीतिक तथा आर्थिक विकृति र विंसगतीको भण्डाफोर गरेर जनतालाई सूसुचित मात्र होइन कि लोकतान्त्रिक व्यवस्थाको बहाल तथा जनताका अधिकार अविछिन्न प्रयोगयोग्य बनाउने काममा सबैभन्दा अग्र णी स्थानमा नेपाली प्रेस रहेको तथ्य स्पष्ट छ । यद्यपि नेपाली प्रेसलाई धम्की, दबाब, र स्वनियन्त्रणको बाटोमा पुर्याउन विभिन्न स्वार्थ समूहले निरन्तर आक्रमण गर्दै आएका छन् । निरंकुशता विरुद्धको आन्दोलनमा नेपाली प्रेसले झेलेको यातना, संविधान निर्माणका क्रममा र संक्रमणकाल लम्व्याउन चाहने तत्वहरुको प्रेसप्रतिको बैरभाव, बहुचर्चित लोकमान प्रकरण, राजस्व छलि र छलाउन गरिएका प्रपञ्चका पात्रहरुको प्रेस विरोधी हर्कत, आयल निगम जग्गा खरिदप्रकरणमा गरिएको प्रेस विरोधी क्रियाकलाप र दबाब केही उल्लेखनीय प्रेसको नैसर्गिक कर्तव्य र दायित्वबाट च्युत गर्न गरिएका कुत्सित क्रियाकलाप हुन् । केही समयदेखि नेपालमा विदेशी लगानी र मनी लौन्डरिंगको विषय एउटा जटिल राजनीतिक प्रकरण र नेपाली प्रेसको सरोकारको विषय बन्दै आएको छ । त्यही सन्दर्भमा केही स्वार्थ समूह र व्यवसायीहरुले स्रोत नखुलेका विदेशी कम्पनीबाट नेपाली कम्पनीका नाममा ऋण लिने र फेरि ऋण तिर्ने नाममा विदेशमै रकम पठाउने कोशिश गर्दै आएका घटना नेपाली मिडियामा समाचार बन्दै आएका छन् । मनी लौन्डरिंग सम्वन्धी अन्तराष्टिय संस्था र नियमक निकायहरुले नेपाललाई लगातार चेतावनी दिंदै आएका छन् । यस्तै घटनाका रुपमा व्रिटिश भर्जिन आइल्याण्ड लगायतका ट्याक्स हेभन मानिने मुलुकबाट नेपाली व्यक्तिले कम्पनी खोल्ने र त्यहींबाट आफ्नै कम्पनीमा ऋणका नाममा रकम भित्राउने गरिएको कोशिशका बारेमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो र सम्पत्ति शुद्धिकरण विभागको छानविन सम्वन्धी प्रतिवेदनका आधारमा कान्तिपुर दै निकमा समाचार प्रकाशन भएको थियो । त्यो समाचारमा उल्लेख भएको विदेशी रकम नेपाल भित्राउन खोज्ने व्यक्तिले नेपाली प्रेसलाई धम्काउने शैलीमा जिल्ला प्रशासन कार्यालयमा कान्तिपुर दैनिकका प्रकाशकबाट जिउ धनको सुरक्षा गरी पाउं भन्ने जस्तो हास्यास्पद उजुरी प्रति हाम्रो गम्भीर ध्यानकर्षण भएको छ ।
सञ्चारकर्मी वा प्रकाशक सञ्चालकले समाचारको कुनै पात्र वा कसैमाथि पनि डर त्रास वा धम्की दिने भन्ने कुरा कल्पना भन्दा बाहिरको विषय हो । कसैले कसैलाई कुनै धम्की दिएको भए त्यसको कुनै न कुनै प्रमाण जरुरी पर्दछ । विना प्रमाण वा मनगढन्ते रुपमा कसैले कसैलाई अझ त्यसमाथि मिडिया सञ्चालकमाथि लाञ्छना लाउनु भनेको सम्वन्धित उजुरीकर्ताले राष्टिय अर्थतन्त्रमाथि नै खेल्न खेज्ने पक्षले नै धम्की दिएको वा त्यो समूहले कसैमाथि हमला गर्ने मनाशाय वा योजना रहेको हुनसक्ने निश्कर्ष नै निस्कन्छ । प्रहरी र सम्पत्ति शुद्धिकरणको अनुसन्धानमा रहेको विवादास्पद व्यवसायी अजयराज पराजुली सुमार्गीले जिल्ला प्रशासन कार्यालयमा दिएको जिउ धन सुरक्षा सम्बन्धी निवदेनले नेपाली प्रेसलाई धम्काउने नयां प्रपञ्चको सुरुवात गरेको नेपाल मिडिया सोसाइटीको ठहर छ । कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियाबाट कहिले, कुन माध्यमबाट र कसरी उनीमाथि धम्की दिइएको हो स्पष्ट गर्नु पर्दछ । अन्यथा झूठा उजुरी गर्ने र नेपाली प्रेसलाई सत्ता र शक्तिको प्रयोग गरेर तर्साउन खोज्ने दुष्प्रयत्नलाई निरुत्साहित गर्न कारबाही गरिनु पर्दछ ।
नेपाल मिडिया सोसाइटी के स्पष्ट गर्दछ भने समाचारका सम्वन्धित पक्षले कानुनी रुपमा चुनौति दिने कुराको सदा सम्मान गर्दछ । त्यसबाहेकका कुनै पनि शक्ति, सत्ता वा धाक धम्कीबाट प्रेसलाई नियन्त्रण गर्न खोज्ने प्रवृतिको दृढतपूर्वकक विरोध गर्दछौ । साथै लोकतान्त्रिक मूल्यमान्यता र आर्दशलाई पालना गर्ने सपथ खाएको सरकार र सरकारी निकायहरुलाई त्यसखालको प्रेस विरोधी तत्व र तिनका क्रियाकलापमाथि गम्भीरतापूर्वक छानविन गरी सत्य तथ्य बाहिर ल्याउन माग गर्दछौं ।
केही समय पहिले कथित समाचारको स्रोतको बहानबाजीमा केही अनलाइनहरु पत्रकारमाथि गरिएका अभ्रद व्यवबहार,प्रहरीबाट भएका अमर्यादित पत्राचार तथा हथकण्डा तत्काल रोक्न माग गर्दछौं । लोकतान्त्रिक दिशामा अग्रसर भइरहेको नेपाली समाजको प्राण बायुको रुपमा रहेको प्रेसलाई दुरुपयोग गर्ने वा नियन्त्रण गर्ने कुनै पनि कुरा हाम्रा लागि सैह्य नएको सबैलाई स्पष्ट गर्दछौं । मिडियामा समाचार कसरी बन्छ, कस्तो कुरा प्रकाशन र प्रसारण हुन्छ भन्ने कुरा सबैभन्दा बढी जानकार र सचेत नेपाल मिडिया सोसाइटी रहेको समेत सबैलाई स्मरण गराउन चाहन्छौ ।
अध्यक्ष महासचिव
पुस्करलाल श्रेष्ठ शुभशंकर कंडेल
२०७४ पुस २६’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

माओवादी आन्दोलन पुनर्गठन गर्न भन्दै बाबुरामले भनेको ‘किनारा पुँजीवाद’ के हो ?

अन्ततः वामदेव एकीकृत समाजवादीको वरिष्ठ नेता, वरीयता तेस्रो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बाबुबाट पीडित सन्तानका लागि नागरिकता विधेयक संशोधन – गृहमन्त्री लेखक

कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा आयाे

क्यानडालाई ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

साढे २ लाख बढीले चढे धरहरा, ८ महिनामा उठ्यो झण्डै ५ करोड

नेपाल औषधि लिमिटिडसँग औषधि खरिद गर्ने स्वास्थ्य मन्त्रालयको तयारी

कांग्रेसमा देश र जनताका लागि काम गर्ने नेता पाउन मुस्किल भयो- देउवा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com