ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्याग्दीमा एमालेको नेतृत्व : ‘वडामा युवा, पालिकामा पाका’


एबीसी / संवाददाता

बेनी । नेपाल कम्युनिष्ट पार्टी एमालेको आगामी १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत म्याग्दीमा भएका वडा र पालिका अधिवेशनले युवा पुस्तालाई नेतृत्वमा स्थापित गरेको छ ।

छ स्थानीय तह र ४५ व वडा रहेको जिल्लामा मङ्गलबारसम्म सम्पन्न भएका ४२ वडा र चार गाउँपालिकाको अधिवेशनबाट ‘वडामा युवा र पालिकामा पाका’ नेतृत्व चुनिएको छ । पालिका अधिवेशनबाट धवलागिरिमा होमबहादुर थापा, मालिकामा बेगप्रसाद गर्वुजा, मङ्गलामा सतप्रसाद रोका, रघुगङ्गा गाउँपालिकामा प्रेमबहादुर कार्की ९दीपक० र बेनी नगरपालिमा नारायण जिसी पालिका कमिटी अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

पालिकाका नेतृत्वमा चुनिएकासमेत युवा पुस्ताकै पाका नेता बढी हुनुहुन्छ । धवलागिरि कमिटिका सचिव रेशम छन्त्याल, उपसचिवद्धय विजय घर्ती र तिलक पुन युवा हुनुुहुन्छ, भने उपाध्यक्ष राजाराम सुवेदी वडा नं ६ मराङको वडाध्यक्ष हुनुहुन्छ । सोही पालिकाकै वडा नं ४ मुदीका वडा कमिटी अध्यक्ष गणेश घर्तीसमेत युवा हुनुहुन्छ । वडा र पालिका कमिटीमा युवा पुस्ताको ७५ प्रतिशतको हाराहारीमा प्रतिनिधित्व रहेको एमाले जिल्ला सचिवालय सदस्य एवं धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारीदिनुभयो ।

युवा पुस्ताकै पाका नेता गर्वुजाको अध्यक्षतामा सर्वसम्मत निर्वाचित मालिका कमिटीका पदाधिकारी सबै युवा नै रहनुभएको छ । कमिटीको उपाध्यक्षमा दलमान पुन, सचिवमा सन्तोष सुवेदी, उपसचिवमा भुपेन्द्र दर्जी र धनबहादुर बोहरा चयन हुनुभएको छ । उपसचिव दर्जी २४ वर्षको हुनुहुन्छ । मालिकाको वडाध्यक्षमध्ये २ नम्बर वडा कमिटी अध्यक्ष उदयबहादुर बुढाथोकी, ५ का अध्यक्ष नवीनकुमार बुढाथोकी, ६ का अध्यक्ष तारामान रोका र ७ का अध्यक्ष टुकलाल चोचाङ्गे ३५ वर्षभित्रको हुनुहुन्छ भने १ नम्बरका अध्यक्ष यामबहादुर पुन, ३ का बलबहादुर बुढा र ४ का गोविन्द कँडेलसमेत युवा पुस्ताकै रहनुभएको गाउँपालिकाका उपाध्यक्ष समेत रहनुभएकी एमाले नेत्री खरमाया बिटालुले बताउनुभयो ।

उहाँका अनुसार पालिका र वडा कमिटीमा चयन भएका ८० प्रतिशत युवा पुस्ताका रहनुभएको छ । मङ्गला वडा र पालिका कमिटीमा समेत ७० प्रतिशतको हाराहारीमा युवापुस्ता समेटिएको गाउँपालिकाका उपाध्यक्षसमेत रहनुभएकी एमाले नेत्री सिर्जना केसीले जानकारी दिनुभयो । सतप्रसाद रोकाको अध्यक्षतामा गठीत पालिका कमिटीको उपाध्यक्षमा प्रेमा अधिकारी, सचिवमा चिरञ्जीवी शर्मा, उपसचिवमा दर्पण रोका र चक्रलाल पाण्डे चयन हुनुभएको छ ।

अध्यक्ष रोका र उपाध्यक्ष अधिकारी युवा पुस्ताकै पाका नेताका रुपमा चिनिनुहुन्छ भने सचिव शर्मा र उपसचिवद्वय रोका र पाण्डे युवा नेता हुनुहुन्छ । यस पालिकाको वडा नं १ कुहुँका वडा कमिटी अध्यक्ष एकजित रोका, ४ का अध्यक्ष अर्जुन रोका र ५ का अध्यक्ष कृष्ण छन्त्याल ४० वर्ष उमेरभित्रकै युवा नेता हुनुहुन्छ ।

अन्नपूर्ण–३ को वडा कमिटी अध्यक्ष रमेश पुर्जा र ७ को अध्यक्ष मिलन पुर्जा युवा हुनुहुन्छ । अधिवेशन सम्पन्न भएका वडामा करिब ४० प्रतिशतको हाराहारीमा युवापुस्ताको प्रतिनिधित्व रहेको बताइएको छ । अन्नपूर्ण– ८ को वडा कमिटी अध्यक्षमा निर्वाचित देउकुमारी खोरजा म्याग्दीमा एमालेको वडा कमिटीमा निर्वाचित एक्ली महिला वडा कमिटी अध्यक्ष बन्नुभएको छ । बेनी –९ का वडा कमिटी अध्यक्ष बाबुराम चोखाल, ३ का अध्यक्ष गेमबहादुर घर्ती मगर, ५ का अध्यक्ष दिनेश कार्कीसमेत युवा नेता हुनुहुन्छ । बेनी नगर कमिटीको अध्यक्षमा समेत युवा नेता नारायण जिसी निर्विरोध निर्वाचित हुनुभएको छ ।प्रथम नगर अधिवेशनबाट सर्वसम्मत रुपमा जिसीको अध्यक्षतामा ८३ सदस्यीय नगर कमिटी चयन गरिएको हो । अधिवेशनबाट उपाध्यक्षमा लीलाराम गौतम, सचिवमा सुवास विश्वकर्मा, उपसचिवमा लक्ष्मण कटुवाल र हीराबहादुर थापा चयन हुनुभएको छ । नगरको पदाधिकारी र कमिटीमा समेत युवाको सङ्ख्या अधिक रहेको एमालेले जनाएको छ ।

रघुगङ्गाको पालिका र वडा कमिटीमा युवाकै वर्चश्व रहेको एमाले म्याग्दीका जिल्ला उपाध्यक्ष देवेन्द्रबहादुर केसीले जानकारीदिनुभयो । दीपक कार्कीको अध्यक्षतामा गठीत ५८ सदस्यीय एमालेको रघुगङ्गा गाउँपालिका कमिटीमा कमिटीको उपाध्यक्षमा गम पुन पाका र सचिव झलक शर्मा, उपसचिवद्धय यामकुमारी गर्वुजा र दिपा पुन युवा पुस्ताका हुनुहुन्छ । रघुगङ्गा–३ नं वडा कमिटीका अध्यक्ष सुमन पौडेल, ५ का अध्यक्ष तेजु शेरपुञ्जा र ८ का अध्यक्ष तेजिन फगामी पनि युवा हुनुहुन्छ । ‘‘जिल्लाव्यापी रुपमा वडा र पालिकास्तरको नेतृत्व र कमिटीमा युवापुस्ताकै वर्चश्व देखिएको छ, राजनीतिमा युवाको आकर्षण बढ्नु सकरात्मक पक्ष हो, यसले पार्टीलाई बलियो र समाजलाई सचेत र जागरुक बनाउन रचनात्मक भूमिका खेल्नेछ’’–जिल्ला समन्वय समितिका प्रमुखसमेत रहनुभएका एमाले उपाध्यक्ष केसीले भन्नुभयो, “ अन्नपूर्ण गाउँपालिका अधिवेशन केही दिनपर सारिएको छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com