दैलेख । दैलेखको गुराँस गाउँपालिका– ८ मा एक शिक्षकको विभत्स हत्या भएको छ । मंगलबार रक्ताम्य अवस्थामा शिक्षक नगेन्द्र विसीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठले जानकारी दिनुभयो । विसी धरमपोखरास्थित मालिका माध्यमिक विद्यालयमा अध्यापन गर्दै आउनुभएको थियो ।
उहांले शिक्षकको हत्या भएको हुनसक्ने बताउनुभयो । अहिले प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी घटनास्थलमा पुगिसकेको उहांको भनाइ छ । सोमबार बिहान दूध पुर्याउन बजार जाँदै गरेका स्थानीयले शिक्षक बिसीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। हत्याको आशंकामा प्रहरीले दुई जना व्यक्तिहरुलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरुको विवरण खुलाइएको छैन। घटनाबारेमा प्रारम्भिक अनुसन्धान सुरु भइसकेको छ’, डिएसपी श्रेष्ठले भन्नुभयो , ‘केही समयपछि घटनाबारे थप जानकारी हुनेछ ।
प्रतिक्रिया दिनुहोस्