ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिगो विकास लक्ष्य प्राप्तिका लागि संविधान र कानुन संशोधन गर्न सुझाव


एबीसी / संवाददाता

काठमाडौं । राष्ट्रियसभा, दिगो विकास तथा सुुशासन समितिले राज्यले गरेका प्रतिबद्धता पूरा गर्न बाधक कानुनको पहिचान गरी संशोधन र परिमार्जनसहित घोषणा गरेका कार्ययोजना खाका बनाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकले संरचना, सोच र दृष्टिकोणका हिसाबले दिगो विकास लक्ष्यलाई सम्बोधन गर्न विद्यमान संविधान, ऐन, कानुन बाधक रहेकाले तालमेल हुने गरी संशोधन गर्न सुुझाव दिएको हो । समितिमा विषय विज्ञका रुपमा संविधानसभा सदस्य खिमलाल देवकोटाले अधिकांश कानुन नयाँ संविधान जारी हुनुपूर्व तर्जुमा भएकाले दिगो विकास लक्ष्य प्राप्तिमा तादाम्यता नदेखिएको मात्र नभई विकाससम्बन्धी नीति, मौलिक हक कार्यान्वयनसँग समेत मेल नखाएको स्पष्ट गर्नुुभयो ।

उहाँले भन्नुुभयो, “पञ्चायत र २०४७ को संविधानअनुुरुप निर्माण गरिएका विद्यमान संविधान र कानुनलाई दिगो विकास लक्ष्यअनुरुप नयाँ सोच एवं दृष्टिकोणबाट संशोधन गर्न जरुरी छ, राज्यको विकास लक्ष्यसँग तालमेल हुने गरी कानुन परिमार्जन हुन आवश्यक छ ।” विकासलाई सहजरुपमा अघि बढाउन कानुनले सहज वातावरण बनाउन ठूूलो भूूमिका खेल्ने बताउँदै वरिष्ठ अधिवक्ता देवकोटाले भन्नुुभयो, “सरकारको दैनिक कार्यको रखवारी, अनुुगमन र खबरदारी गर्ने संसदीय समितिले विकास लक्ष्य प्राप्त गर्ने कानुन निर्माणमा विशेष चासो दिन आवश्यक छ ।”

यसअघि बैठकमा सभापति तारादेवी भट्टले विद्यमान कानुन दिगो विकास लक्ष्य प्राप्तिका लागि बाधक भए नभएको तथा कानुनका आँखाबाट समृद्धि प्राप्त गर्ने सन्दर्भमा के कस्ता नीतिगत सुुधारको आवश्यकताबारे समितिले सुुझाव चाहेको बताउनुुभयो । मुलुुकलाई विकास र सुुशासनको पाटोबाट अघि बढाउने सन्दर्भमा देखिँदै आएका बहुुआयामिक समस्या, समाधानको उपायका साथै संसदीय भूमिका कस्तो हुनुु आवश्यक रहन्छ भनी नीतिगत बहसका लागि समितिले विज्ञसँग छलफल गरी राय परामर्श लिएको हो ।

बैठकमा सदस्यले मुलुुकले विकास लक्ष्य प्राप्त गर्ने हो भने संविधान र कानुनलाई विकासमैत्री बनाउन सरकार र संसद्ले विलम्ब गर्न नहुने विचार प्रकट गर्नुुभयो । संयुक्त राष्टसङ्घद्वारा निर्धारित सन् २०३० सम्म दिगो लक्ष्य हासिल गर्ने तथा सुुशासन सुुदृढ गर्ने सवलामा राज्यका सम्पूूर्ण संयन्त्र प्रतिबद्ध र सक्रिय रहनुुपर्ने आवश्यकतामा समितिले जोड दिएको छ । सन् २०३० सम्ममा गरिबी र कुुपोषणबाट हुने रोग पाँच प्रतिशतमा झार्ने तथा सामाजिक सुरक्षाभक्ता १५ प्रतिशत र प्रतिव्यक्ति खाद्यान्न उत्पादन ६६ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ । बालमृत्युुदर एक लाखमा ७० भन्दा तल झार्न पर्ने भएकाले आधाभूूत स्वास्थ्यको हकको प्रभावकारी कार्यान्वयनको खाँचो औँल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com