काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फा का प्रवक्ता किरण राईले पदबाट राजीनामा दिनुभएको छ । सोमबार उहांले वरिष्ठ उपाध्यक्षको रोहबरमा अध्यक्ष कर्माछिरिङ शेर्पालाई राजीनामा पत्र बुझाउनुभएको हो ।‘
अखिल नेपाल फुटबल संघको मुख्यालयमा अध्यक्षज्यूलाई वरिष्ठ उपाध्यक्षज्यूको रोहवरमा एन्फाको प्रवक्ताबाट राजीनामा बुझाइयो ’, उहांले फेसबुमा लेख्नुभएको छ । यसैबीच प्रवक्ता राईले आजै अपरान्ह ३ बजे एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलनको आयोजनासमेत गर्ने भएका छन् ।
प्रतिक्रिया दिनुहोस्