ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दलहरुले बुझाए प्रदेशसभामा समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम


ABC NEWS
पुस १५, २०७४ शनिबार   ६ : ४७   बजे

काठमाडौँ, १५ पुस / मुलुकका १३ राजनीतिक दलले प्रदेशसभा सदस्यका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा समावेश भएका नाममध्ये सम्बन्धित दलले प्राप्त गरेको सीट संख्याका आधारमा निर्वाचित हुनुपर्ने उम्मेदवारको नाम आज निर्वाचन आयोगमा बुझाएका छन् ।

प्रदेशसभामा समानुपातिक निर्वाचनतर्फबाट १३ राजनीतिक दलका उम्मेदवारबाट विभिन्न प्रदेशमा प्रतिनिधित्व हुनेछ । राजनीतिक दलले यसअघि बन्दसूचीमा पेस गरेको क्रमसंख्या र विभिन्न समावेशी समूहअनुसार निर्वाचित गर्नुपर्ने उम्मेदवारको नाम बुझाएका हुन् ।

समानुपातिक समावेशी सिद्धान्तका आधारमा समानुपातिकतर्फको प्रदेशसभा सदस्यको छनोट गरेर पठाउन आयोगले एकसाता अघि आजसम्मको समयसीमा प्रदान गरेको थियो । प्रदेशसभामा समानुपातिकतर्फ नेकपा (एमाले) ७५, नेपाली काँग्रेस ७२, नेकपा (माओवादी केन्द्र) ३५, संघीय समाजवादी फोरम नेपाल १३, राष्ट्रिय जनता पार्टीे नेपाल १२, राप्रपा र विवेकशील साझा पार्टी तीन/तीन, राष्ट्रिय जनमोर्चा दुई तथा नयाँ शक्ति पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले एक/एक सीट प्राप्त गरेका छन् ।

समानुपातिक तर्फ प्रदेश नं १ मा ३७, प्रदेश नं २ मा ४३, प्रदेश नं ३ मा ४४, प्रदेश नं ४ मा २४, प्रदेश नं ५ मा ३५, प्रदेश नं ६ मा १६ र प्रदेश नं ७ मा २१ गरी कुल २२० कायम गरिएको छ ।

प्रदेशसभा संसदमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत हुनुपर्ने संवैधानिक प्रावधानअनुसार समानुपातिकतर्फ पुरुषको तुलनामा महिलाको निर्वाचित हुने संख्या निकै बढी हुनेछ । प्रत्यक्षतर्फ महिलाको ३३ प्रतिशतको बाँकी रहन गएको उपस्थिति पनि समानुपातिक तर्फबाटै हुनेछ ।

निर्वाचित हुने उम्मेदवारको नामावली बुझाउन निर्वाचन आयोग पुग्नुभएका राजपाका नेता महेन्द्र यादवले आफ्नो पार्टीले समानुपातिकतर्फ प्राप्त गरेको १२ सीटमध्ये आठ जना महिलासहित १२ को नाम सिफारिश गरेको जानकारी दिनुभयो ।

आयोगले दलहरुले दिएको नाममाथि शनिबार छानबिन गर्ने र समावेशी सिद्धान्तअनुसार सिफारिश नपठाउने राजनीतिक दललाई पुनः नाम सञ्चाउन आइतबार तीन दिनको समय प्रदान गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group