काठमाडौं, ३१ जेठ । । नेकपा एमालेका नेता माधवकुमार नेपाललाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उहाँको निवास कोटेश्वर पुग्नुभएको छ । आजको छलफलमा काँग्रेसका सभापति देउवाले महामन्त्री पूर्णबहादुर खड्कालाई पनि साथै लिएर जानुभएको छ । उहाँहरुबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको स्रोतले बताएको छ। यसअघि विपक्षी गठबन्धनको छलफलमा नेता नेपाल देउवा निवास बुढानिलकण्ठ जाने गर्दथे भने आज त्यसैको निरन्तरताका लागि देउवा नेपाल निवासमा गएको बुझिएको छ।
प्रतिक्रिया दिनुहोस्