ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विनियोजन विधेयकमा छलफल, खर्च कटौती प्रस्ताव प्रस्तुत


admin

काठमाडौँ, २२ असार । व्यवस्थापिका–संसद्को आजको बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसदद्वय डिल्लीप्रसाद काफ्ले र प्रेम सुवालले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभयो ।

विनियोजन विधेयक, २०७४ को विभिन्न शीर्षकमाथिको छलफलअन्तर्गत आजको बैठकका निम्ति निर्धारण गरिएका नौवटा मन्त्रालयमा विनियोजित रकम घटाइयोस् भन्दै उहाँहरूले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।

सांसद काफ्लेले जनसङ्ख्या तथा वातावरण, पशुपन्छी विकास, भूमिसुधार तथा व्यवस्था र वाणिज्य मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित खर्च रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव पेस गर्नुभयो ।

त्यसैगरी सांसद सुवालले भौतिक पूर्वाधार तथा यातायात, महिला, बालबालिका तथा समाज कल्याण, युवा तथा खेलकुद, रक्षा र वन तथा भू–संरक्षण मन्त्रालय शीर्षकको रकममा उल्लिखित खर्च रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव पेश गर्नुभयो ।

विनियोजन विधेयक, २०७४ को विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसदहरुले विनियोजित बजेटमध्ये विकास बजेट ज्यादै कम खर्च भएको, सरकारको नीति तथा कार्यक्रम र राजनीतिक दलका घोषणापत्रमा उल्लिखित विकास–निर्माणका आयोजना कार्यान्वयनमा शिथिलता आएको, सुकुम्बासी समस्या समाधानमा सरकार गम्भीर हुन नसकेको, राष्ट्रिय राजमार्गको स्तरोन्नति तथा मर्मतसम्भार नहुँदा आमनेपाली समस्यामा परेका बताउनुभयो ।

उहाँहरूले भूमिहीनले जग्गा नपाएका, नारायणगढ–मुग्लिन सडक दुईवर्षदेखि मर्मत हुन नसक्दा जनताले सास्ती भोग्नुपरेको, आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनमा प्रगति हुन नसकेकामा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रारम्भिक बाल विकास, शैक्षिक तालिम पनि बालबालिकाका निम्ति अपरिहार्य भएको, ज्येष्ठ नागरिकलाई बेवास्ता गर्न नहुने, आगामी वर्ष नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताका निम्ति पर्याप्त रकम विनियोजन नभएको, नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्न सफल क्रिकेट, तेक्वान्दोजस्ता खेलको विकासका लागि योजना नबनाइँदा खेलकुद क्षेत्र तदर्थवादमा सञ्चालन भएको टिप्पणी पनि उहाँहरूले गर्नुभयो ।

विनियोजन विधेयकमाथिको छलफलमा भाग लिने सांसदमा तारणीदत्त चटौत, पुरुषोत्तम पौडल, अग्निप्रसाद सापकोटा, राज्यलक्ष्मी श्रेष्ठ ‘नुवाकोट’, गीता क्षेत्री, शिवचन्द्र चौधरी, लक्ष्मण राजवंशी, लोकमणि ढकाल र श्यामकुमार श्रेष्ठ ‘काभ्रे’ हुनुहुन्थ्यो ।

विनियोजन विधेयकमाथिको छलफल जारी छ । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com