ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक ट्राफिक प्रहरीबाट एक हजार सवारी व्यवस्थापन


admin
असार २१, २०७४ बुधबार   ३ : ४२   बजे

काठमाडौँ, २१ असार । ट्राफिक प्रहरीले निर्बाह गर्नुपर्ने दायित्व धेरै छ तर पर्याप्त जनशक्तिको अभावमा सबै दायित्व पूरा गर्न कठिन भएको छ ।

निर्धारित भन्दा बढी भाडा लिएको, दर्ता नगरी सवारी साधन चलाएको, विदेशमा दर्ता भएका सवारी साधन अनुमति नलिइ चलाएको, बाटो इजाजत नलिएको, ट्राफिक सङ्केत इसारा उलङ्घन गरेकोे, निषेधित स्थानमा पार्किङ गरेको वा हर्न बजाएकामा कारबाही गर्न ट्राफिकलाई अधिकार दिइएको छ ।

यस्तै एकतर्फी सडकमा दोहोरो सवारी साधन चलाएको, राति बत्ती नबालेकोे, नम्बर प्लेट नराखेको, पेटी नबाँधेको हेल्मेट नलगाएको , लापरबाहीसाथ वा मादकपदार्थ सेवन गरेर सवारी साधन चलाएको, तोकिएको भन्दा धेरै मालसामान राखेको, छतमा यात्रु बोकेको, सार्वजनिक सवारी साधनमा धूमपान गरेको, गति निर्धारण गरिएको ठाउँमा तीव्रगतिमा चलाएको सवारी चालकलाई समेत कारबाही गर्नेजस्ता अधिकार छ ।

यसका अलावा देशको उच्च तहका व्यक्तिको स्वदेश तथा विदेश भ्रमणको समयमा सवारी आगमनलाई प्रभावकारी बनाउने जिम्मा समेत ट्राफिकको छ ।

काठमाडौँ उपत्यकाको जनसङ्ख्या वृद्धिसङ्गै सवारी साधनको सङ्ख्या पनि अत्यधिक छ । हाल नेपालभर २१ लाख र काठमाडौँमा मात्र १० लाखभन्दा बढी सवारी साधन रहेको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराई बताउनुहुन्छ ।

नेपालमा २००४ सालदेखि सवारी साधन दर्ता प्रक्रिया सुरु गरिएकामा हालसम्म २६ लाख सवारी साधन रहेको विभागको तथ्याङ्क छ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता सर्वेन्द्र खनालका अनुसार हाल देशभर तीन हजार ११४ ट्राफिक जनशक्ति छ ।

जसमध्ये काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनमा प्रहरी नायब महानिरीक्षकको नेतृत्वमा एक हजार ४०४ ट्राफिक प्रहरी छन् ।

उपत्यकाको सवारी व्यवस्थापनका लागि स्थापना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखामा केही महिनादेखि प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी नायब उपरीक्षकको दरबन्दी खाली छ ।

महाशाखाका प्रमुख मिङमार लामा समयानुकूल ट्राफिक सङ्गठनलाई परिवर्तन गर्दै लैजानुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सवारी साधनको तुलनामा पूर्वाधार नभएकाले काम गर्न कठिनाइ भएको छ ।”

उपत्यकाको मोटरबाटो बिग्रिनुका साथै बर्खायाममा खाल्डोमा पानी जम्मा हुँदा कतिपय स्थानमा घन्टौँ सवारी जाम समेत हुनेगरेको छ ।

उपत्यकामा हाल एक हजार ५०० किलोमिटर हाराहारीमा सडक भए पनि ४०० देखि ५०० किलोमिटर सडकमा मात्र बढी सबारी साधन गुड्दछन । नयाँ बानेश्वर, थापाथली, सिंहदरबार, कोटेश्वर, कलङ्कीलगायतका मुख्य चोकमा अहिले पनि सात मिनेटसम्म सवारी साधन जामपर्ने गरेको छ ।

महाशाखामा भएको कुल जनशक्तिमध्ये बाटोमा खटिने जनशक्ति भने एक हजारको हाराहारीमा हो । उपत्यकामा एकजना ट्राफिकले एक हजार सवारी साधनको व्यवस्थापन गर्नुपर्छ तर यसका लागि लागि कम्तीमा एक हजार ८०० देखि दुई हजारसम्म जनशक्ति आवश्यकपर्ने महाशाखाले जनाएको छ ।

विश्वका कतिपय मुलुकमा ट्राफिक व्यवस्थापन कम्युटर प्रणालीमार्फत गर्ने गरेपनि नेपालमा भने हातको इसारामा हुँदै आएको छ । बाटोमा भएका ट्राफिक बत्ती बिग्रिँदा ट्राफिकले उक्त मार खेप्नुपरेको हो । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अस्ट्रेलिया २–० टर्की: इरानकुन्डाको चमक र योजनाबद्ध खेलले दिलायो ठूलो जित

कैलालीमा महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

आणविक प्रतिरोधको अनौठो पराजय र रणनीतिक स्थायित्वमा आउँदै गरेको संकट

अस्ट्रेलिया २–० टर्की: इरानकुन्डाको चमक र योजनाबद्ध खेलले दिलायो ठूलो जित

अष्ट्रेलियाको ऐतिहासिक जित, टर्कीलाई २–० ले पराजित गर्दै नकआउट चरण नजिक

फिफा विश्वकप–२०२६: अस्ट्रेलियाले टर्कीविरुद्ध अग्रता लियो

कैलालीमा महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए

समूह डी को पहिलो खेल : अष्ट्रेलिया र टर्कीबीच विश्वकपको संघर्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group