ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नौ महिनादेखि पानीको हाहाकार, अवैधरुपले माटो उत्खनन् गर्दा खानेपानी धरापमा


admin

भक्तपुर, २१ असार । चाँगुनारायण नगरपालिका– ९ ताथलीमा अवैधरुपले माटो उत्खनन् गर्दा खानेपानी ट्याङ्की धरापमा परेकाले विगत नौ महिनादेखि २०० घरपरिवार खानेपानीबाट वञ्चित भएका छन् ।

ताथलीको वासुकी मुहानबाट ल्याइएको खानेपानी फैढोका पण्डित टोलमा निर्माण भएको आठ घनमिटरको ट्याङ्कीमा जम्मा गरेर वितरण हुँदै आएको थियो तर ट्याङ्कीकै आसपास माटो उत्खनन्का कारण ट्याङ्की भत्किने अवस्थामा पुगेकाले पानी वितरणमा समस्या भएको हो ।

स्थानीय पण्डित टोलका बासिन्दाले माटो उत्खनन्सँगै खानेपानीको पाइपसमेत काटिदिएपछि पानीको हाहाकार भएको बताएका छन् । स्थानीय मदन पण्डितले मुहानबाटै पानी नआएको र ट्याङ्कीमा पानी जम्मा नहुँदा यहाँका २०० भन्दा बढी घरपरिवारले नौ महिनादेखि खानेपानीबाट वञ्चित हुनुपरेको बताउनुभयो ।

स्थानीयवासीले करिब सात किलोमिटर टाढा वासुकी मुहानबाट ल्याएको पानी माटो तस्करीका कारण अहिले प्रयोग गर्न नपाएको यहाँका बासिन्दाको गुनासो छ ।

स्थानीय फैढोका बस्ने माया बुढाथोकीले खानेपानीबाट वञ्चित हुनुपर्दा कुवा र इनारको भर पर्नुपरेको बताउनुभयो । उहाँका अनुसार फैढोका खानेपानी उपभोक्ता समितिले बेवास्ताका कारण पनि पानी खान नपाएको बताउनुभयो ।

स्थानीय केदार बुढाथोकी, भुवन बुढाथोकी, रामचन्द्र खत्रीलगायतका जग्गा धनीले विगत नौ महिनादेखि अवैध रुपमा माटो उत्खनन् गरेर इँटाभट्टा बिक्री गरेपछि खानेपानी ट्याङ्की धरापमा परेको स्थानीयवासीको भनाइ छ ।

माटो उत्खनन् गर्दा टापुमा रहेको पानी ट्याङ्की मात्रै बाँकी रहेको र त्यहाँ पानी जम्मा गर्दा ट्याङ्की नै भत्किने अवस्थामा पुगेको र माटो उत्खनन् गर्दा पानीको पाइपसमेत काटिएको छ । जिल्ला विकास समितिले विगत दुई वर्षदेखि माटो, बालुवा लगायतका खानी उत्खनन् एवम् बिक्री वितरणमा रोक लगाए पनि आर्थिक प्रलोभनकै कारण जिविस, प्रहरी र प्रशासनको मिलेमतोमा नियमित रुपमा माटो उत्खनन् गरी इँट्टभट्टालाई बिक्री गर्दै आएको उनीहरुकोे आरोप छ ।

पण्डित टोल, फैढोका, लामिडाँडा र साखकर्मी टोलका बासिन्दा खानेपानी उपभोग गर्नबाट वञ्चित भएपछि पानी किनेर जीवन गुजारा गर्नुपरेको स्थानीयवासी रीता केसीले बताउनुभयो ।

स्थानीयवासीले प्रहरी, प्रशासनलाई माटो उत्खनन् रोक्न र ट्याङ्कीको संरक्षण गरी खानेपानी वितरण गरिदिन पटक÷पटक अनुरोध गर्दा पनि माटो उत्खनन् गर्ने गिरोहसँग मिलेकाले कुनै कारबाही नगरेको र माटो उत्खनन्का कारण खिम्ति जलविद्युत् आयोजनाको प्रशारणलाइन समेत धरापमा पर्दा पनि प्रहरी प्रशासनले बेवास्ता स्थानीय बासीको भनाइ छ ।

माटो उत्खनन् एवम् बिक्री गर्नेमध्येका भुवन बुढाथोकीले माटो उत्खनन् गर्दा भएको पानीको समस्यालाई वैकल्पिक व्यवस्था गरेर पानी वितरण गर्ने तयारी गरेको बताउनुभयो ।

उहाँले मुहानबाटै पानी नआएको र खानेपानी उपभोक्ता समितिले बेवास्ता गर्दा पानीको समस्या भएको दाबी गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com