ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिले कार्वाही, त्यसपछि मत


admin

काठमाण्डौ,५ मंसिर ।  देश चलाउन आवश्यक ऐन कानून बनाउने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिएको छ ।

यसअघि सांसदले बनाएका ऐन कार्यान्वयन नभएका कारण जनताले सास्ती पाएकोमा अहिले मत माग्न घर÷घर पुगेका नेता, कार्यकर्ताको ध्यान गएको छैन । धेरै ऐन कार्यान्वयन भएको छैन । यसमध्ये एउटा हो सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ।

व्यवस्थापिका संसद्ले बनाएको ऐन कार्यान्वयन नहुँदा सार्वजनिक यातायात क्षेत्र अस्तव्यस्त बनेपनि सरोकार भएका निकाय मौन छन् । प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित हुने सांसदको प्रमुख काम कानून निर्माण हो ।

राष्ट्र सञ्चालनको विधि बनाउन जनताले तिरेको करबाट अर्बौँ रुपैयाँ खर्च गरेर चुनाव हुँदैछ । तर ती सांसदले बनाएको ऐन कार्यान्वयन हुँदैन । कार्यान्वयन नहुँदा मारमा पर्छन् तिनै करदाता जनता ।

सार्वजनिक यातायातलाई नियमन गर्न सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भएका प्रावधान मात्र लागू भए पनि यात्रुले सास्ती पाउने थिएनन् । तर यसतर्फ यातायात व्यवस्था विभागको ध्यान जान सकेको छैन । ऐनको दफा १०२ मा सीटभन्दा बढी यात्री राख्न नहुने उल्लेख छ । तर सार्वजनिक यातायातका साधनमा कोचाकोच यात्रु चढाउदा पनि नियामक निकायको ध्यान जान सकेको छैन ।

ऐन कार्यान्वयनको जिम्मेवारी पाएको विभाग कर्मचारी, सवारी साधनलगायतको अभाव भएको भन्दै पन्छिने गरेको छ । विभागका प्रवक्ता डा टोकराज पाण्डे ऐन र नियमावलीका धेरै बुँदा कार्यान्वयन भएको दाबी गर्नुहुन्छ ।

“ऐनका कार्यान्वयन हुननसकेका बुँदा सवारीधनी, व्यवसायी र सरोकार भएका निकायसँग समन्वय गरी कार्यान्वयन गरिन्छ, नमान्नेलाई कानून अनुसार कारबाही हुन्छ”–उहाँले भन्नुभयो ।

ऐनको दफा १०५ मा टिकट नदिइ यात्रा गर्न नहुने व्यवस्था गरिएको छ । तर लामो दूरीका सवारीले टिकट दिए पनि छोटो दुरीमा यात्रा गर्दा टिकट नदिइ बढी भाडा लिइन्छ ।

बढी भाडा लिएर उपभोक्ता हित विपरीत काम गरेको भनी आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागमा गुनासो आउने गरेको छ । विभागका निर्देशक एवं अनुगमन शाखा प्रमुख लक्ष्मण श्रेष्ठ तोकिए भन्दा बढी भाडा लिनेलाई कारबाही स्वरुप जरिवाना गरिए पनि नरोकिएको बताउनुहुन्छ ।

“उपभोक्ता हित संरक्षण विभागको काम समन्वय गरी उपभोक्ताको हित प्रवद्र्धन गर्ने हो, ऐनअनुसार यातायात सेवा सञ्चालन गर्ने काम यातायात व्यवस्था विभागकै हो, समन्वयका लागि दुई हप्ता अघि विभागमा यातायात व्यवसायीको बैठक डाकी छलफल ग¥यौँ, यसलाई पुनः निरन्तरता दिनेछौँ”–उहाँले भन्नुभयो ।

विभागले ऐनमा उल्लेख भए अनुसार टिकट दिने र ठाउँ ठाउँमा तोकिएको भाडादर एवं दुरीको सूचना सार्वजनिक गर्ने हो भने बढी भाडा लिने समस्या समाधान हुने उपभोक्ता अधिकारवादीको भनाइ छ । लामो समयदेखि यातायात सुधारका लागि अभियान चलाउँदै आउनुभएका रामबहादुर थापा जिम्मेवार निकायको बेवास्ताले कानून कार्यान्वयन हुन नसकेको बताउनुहुन्छ ।

गौशालाबाट रत्नपार्क आउँदै गरेको बा३ख ६१७२ नम्बरको सिटी यातायातमा चढ्नुभएकी कलंकीकी रविना अधिकारीसँग परिचालकले रु २० भाडा मागे । सधैँ रु १५ तिरिरहेकी छु आज किन रु २० भनेपनि परिचालकले रु २० लिएरै छोडे ।

“ऐन कानून बनाउने अधिकार पाउन नेता अहिले घर दैलोमा छन्, तर अढाइ दशक अघि बनेको यातायात ऐन र नियम कार्यान्वयन नहुँदा हामीले सार्वजनिक यातायातमा सास्ती खेप्नु परेको छ, अव कानून कार्यान्वयन नगर्ने नेतालाई मत दिइन्नँ”–उहाँले भन्नुभयो ।

सार्वजनिक यातायातमा हुने यो प्रतिनिधि घटना मात्र हो । यस्ता ठगी पलपलमा भइरहेको हुुन्छ । चाडवाडको अवसर पारेर त परिचालकले सक्दो ठग्ने गरेका छन् । त्यो रुटमा नयाँ यात्रु आए परिचालकले सकेजति भाडा उठाउँछन् । यो समस्याको समाधान दुरी उल्लेख गरेको टिकट नै भएको उपभोक्तावादीको भनाइ छ ।

गौशालादेखि रत्नपार्कको दुरी चार किमी पनि छैन । सरकारले यहाँ तोकेको भाडा प्रतिव्यक्ति रु १३ मात्र हो । नागरिक न्यायिक मञ्चका अध्यक्ष सहदेव गौतम रु १३ भाडा तोकिएको स्थान रु १५ र रु १८ भाडा तोकेकामा रु २० नै लिने गरेको बताउनुहुन्छ ।

“पन्ध्र जनाका लागि सिट छ भने कम्तीमा पनि ३० जना यात्रु कोच्छन्, सिटभन्दा बढी मानिस राख्ने र तोकिए भन्दा पनि बढी भाडा लिने गरेर यातायात व्यवसायीले दोहोरो ठगी गरेका छन्”–उहाँले भन्नुभयो ।

परिचालकले सरकारले तोकेभन्दा बढी भाडा लिए उपभोक्ता हित संरक्षण विभागको निःशुल्क टेलिफोन नं ११३७ मा उजुरी गर्न सक्ने व्यवस्था गरिएको सूचना अधिकारी निरज पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्व मधुमेह दिवस २०८२ (World Diabetes Day 2025 AD)

प्रहरी महानिरीक्षक कार्कीले लगाए दर्ज्यानी चिह्न

‘कुरा काटेको निहु’मा एकल महिलालाई पाँच लाख जरिवाना, पेमाले गाउँ छाडिन्

सवै कम्युनिस्ट शक्तिलाई समेटेर अघि बढ्छौ – चिरन पुन नेता नेपाली कम्युनिष्ट पार्टी (भिडियो सहित)

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

मधेस सरकार गठनविरूद्ध पेसी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com