ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई महिनामा कम्युनिष्ट सरकार : ओली / कम्युनिष्ट सरकार संगै कम्युनिष्ट पार्टी घोषणा : प्रचण्ड


sharan sharan

पोखरा ३० कार्तिक । नेकपा एमाले अध्यक्ष केपी ओलीले दुइ महिनापछि कम्युनिष्ट सरकार आउने वताएका छन । प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन पछि बामपन्थी गठबन्धनको कम्युनिष्ट सरकार संगै सिंगो कम्युनिष्ट पार्टी समेत निर्माण हुने ओलीको भनाइ रहेको छ । बामपन्थी गठबन्धनको आयोजनामा स्याङजामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले दुई महिना पछि कम्युनिष्ट सरकार गठन हुने र मुलुकले निकास पाउने वताएका हुन ।
पटक पटक बामपन्थीहरु सरकारमा गएको भएतापनि सरकार ढलाउने र एउटा सरकारले ल्याएको योजना अर्को सरकारले पुरा गर्न नदिदा मुलुकमा बिकासले फड्को मार्न नसकेको भन्दै वलीले चुनावपछि निर्माण हुने बामपन्थीको कम्युनिष्ट सरकार पांच वर्षको लागी निर्माण हुने भएकाले मुलुकले बिकासमा गती लिने वताए । चुनाव पछि तत्काल बाम एकता गरेर सिंगो कम्युनिष्ट पार्टी निर्माण हुने समेत ओलीको भनाइ रहेको थियो ।
सोही सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट सरकार संगै कम्युनिष्ट पार्टी समेत घोषण हुने वताए । कम्युनिष्ट एकताको कुरा आजको नभइ पहिल्यैदेखी उठाउदै आएको भएतापनी विभिन्न कारणहरुले सम्भव हुन नसकेको र यसपटक छरिएका बाम घटकहरु एकजुट भइसकेकाले सरकार निर्माण संगै कम्युनिष्ट पार्टी समेत घोषणा हुने वताउदै प्रचण्डले बाम हरु एकजुट नहुदा प्रतिक्रियावादीहरु सक्रिय भएर देशको बिकास भन्दापनि राष्ट्रलाइनै खतरामा पु¥याएको तितो इतिहास साछी रहेको वताउदै प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन पछि सिंगो कम्युनिष्ट पार्टी निर्माण नै आफुहरुको मुख्य अभियान रहेको वताए ।
प्रचण्डले नेपाली कांग्रेसलाई चुनाव संग नडराउन समेत आग्रह गरेका छन । उनले आफ्नो पार्टीको चुनाव चिन्ह लिएर चुनाव लड्न कांग्रेस डराएर हलो, आंखा जस्ता चुनाव चिन्ह लिएर चुनावमा लडिरहेको वताउदै कांग्रेस बाम गठबन्धन संग डराएर बिभिन्न हर्कतहरु गरिरहेको समेत वताए ।
जनसभालाई सम्बोधनका क्रममा एमाले अध्यक्ष वली र माओवादी केन्द्र अध्यक्ष प्रचण्डले स्याङजाका उम्मेदवार कोहीपनि एमाले र माओवादीको नभइ संयुक्त बाम गठबन्धनको नेता भएकाले बाम गठबन्धनलाई जिताएर पठाउन आग्रह गरे । बाम गठबन्धनको जीतले स्याङजाको कृषि, पर्यटन, विद्युत उत्पादन जस्ता बिकसमा फड्को मार्ने दुवै नेताको भनाइ रहेको थियो ।
स्याङजा क्षेत्र नम्बर एकमा प्रतिनिधी सभामा एमालेका नारायण मरासिनी १ क मा दिपक चर्ती मगर र ख मा मीन प्रसाद गुरुङ उमेदवार रहेका छन । यसैविच बाम गठबन्धनको सभामा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी दिपक लम्साल सहित ५ सय वढी नेपाली कांग्रेसका कार्यकर्ताहरु बाम गठबन्धनमा प्रवेश गरेका छन । बाम गठबन्धनमा प्रवेश गरेका कार्यकर्तालाई ओली र दाहालले माला र टिका लगाएर स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौं–१: ‘सबैभन्दा हट’ क्षेत्र – गर्भवतीबाट समलिङ्गी अधिकारकर्मीसम्म, कांग्रेस बागीदेखि पठाओ सीइओसम्म !

गगनको ‘बदला’ : कांग्रेसमा दुई तिहाइ सिटमा आफ्नै गुटका उम्मेदवार, देउवा–कोइराला गुट २७ प्रतिशतमा सीमित (सूची)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

काठमाडौं–१: ‘सबैभन्दा हट’ क्षेत्र – गर्भवतीबाट समलिङ्गी अधिकारकर्मीसम्म, कांग्रेस बागीदेखि पठाओ सीइओसम्म !

गगनको ‘बदला’ : कांग्रेसमा दुई तिहाइ सिटमा आफ्नै गुटका उम्मेदवार, देउवा–कोइराला गुट २७ प्रतिशतमा सीमित (सूची)

क्षेत्र फेर्ने ‘डबल स्ट्यान्डर्ड’? गगनको मधेश ‘जोखिम’, प्रचण्डको पुरानो ट्रेन्ड र बालेनको ‘निःशुल्क चर्चा’ दाउ !

निर्वाचन प्रयोजनको लागि भारतबाट नेपाललाइ ६१ वटा गाडी उपहार

Third-Gender and LGBTQ+ Candidates Make History in Nepal’s Parliamentary Race

हुम्लामा ८ जनाको उम्मेदवारी दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com