ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जाजरकोटका ७२ मतदानस्थल अतिसंवेदनशील


admin

जाजरकोट , १७ कात्तिक । यहाँ आसन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि जाजरकोटका ७२ मतदानस्थललाई अति संवेदनशील स्थलका रुपमा राखिएको छ ।

सुरक्षा संवेदनशीलताका आधारमा ८५ ओटा मतदानस्थलमध्ये ७२ वटालाई अतिसंवेदनशील स्थलका रुपमा राखिएको हो । सुरक्षा चुनौतीको विश्लेषणका आधारमा जिल्ला सुरक्षा समितिले जिल्लाका मतदान केन्द्रको वर्र्गीकरण गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो । १३ ओटा मतदान केन्द्रलाई सामान्य मतदानस्थलका रुपमा वर्गीकरण गरिएको छ ।

जिल्लामा ८५ मतदानस्थलअन्तर्गत ११६ मतदान केन्द्र तोकिएको छ । गत स्थानीय निर्वाचनमा १२ मतदानस्थललाई अति संवेदनशील, २८ संवेदनशील र ४५ मतदानस्थललाई सामान्य मतदानस्थलका रुपमा वर्गीकरण गरेको थियो । आसन्न निर्वाचनमा सुरक्षा निकायले ८५ प्रतिशत मतदानस्थललाई अति संवेदनशील स्थलका रुपमा किन राख्यो त ? प्रहरी प्रमुख रिमाल भन्नुहुन्छ, “सुरक्षा थ्रेट र प्रहरीलाई प्राप्त विभिन्न सूचनाका आधारमा हामीले ती मतदानस्थललाई अतिसंवेदनशील स्थलका रुपमा राखेका हौँ ।”

स्थानीय प्रशासनले जाजरकोटका खासगरी नेत्रविक्रम चन्द विप्लवको नेपाल कम्युनिष्ट पार्टीबाट सबैभन्दा बढी सुरक्षा चुनौती महसुश गरेको छ । सुरक्षा निकायले मतदानस्थललाई देशभर सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन भागमा विभाजन गरेर सोही अनुसार सुरक्षाकर्मी परिचालन गर्ने गरेको छ । अतिसंवेदनशील मतदानस्थलमा सुरक्षाकर्मी पनि अन्यको तुलनामा बढी नै परिचालन गर्ने व्यवस्था गरिएको छ ।

तीन घेरामा सुरक्षाकर्मी परिचालन गरिनेछ । पहिलो घेरामा म्यादी प्रहरी त्यसपछि नेपाल प्रहरी र त्यसपछि बाहिरी घेरामा सशस्त्र प्रहरी परिचालन गरिनेछ । नेपाली सेनाले अतिसंवेदनशील स्थलमा गस्ती व्यवस्था मिलाइएको स्थानीय प्रशासनले जनाएको छ ।

जाजरकोट भौगोलिक रुपमा पनि निकै विकट रहेको र मतदानस्थलमा यातायात र सञ्चारको सहज पहँच पुग्न नसकेको आदि कारणले पनि धेरैजसो मतदानस्थललाई संवेदनशील मतदानस्थलका रुपमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताउनुभयो ।

जिल्लामा यसपटक तीन स्थानमा मतदान केन्द्र थप गरिएको छ । नलगाड नगरपालिकाको दल्ली, वारेकोट गाउँपालिकाको सेपुखोला र वारेकोटकै सिलिंगेचौरमा मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन अधिकारी हरिबहादुर बुढाथोकीले बताउनुभयो ।

निर्वाचनका लागि आवश्यक जनशक्तिको व्यवस्थापनको अन्तिम तयारी भइरहेको प्रमुख बुढाथोकीले बताउनुभयो । तर हालसम्म जिल्लामा निर्वाचन शिक्षा सामग्री आइपुगेको छैन । निर्वाचन शिक्षा सामग्री पुग्ने बित्तिकै मतदातालाई भोट हाल्ने तरिका र अन्य निर्वाचन शिक्षाका कार्यक्रमहरु सञ्चालन गरिने बुढाथोकीले बताउनुभयो ।

यसपटक जिल्लामा मंसिरमा हुने निर्वाचनका लागि ८३ हजार ९३७ मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्नेछन् । उक्त निर्वाचनमा प्रतिनिधि सभाका लागि पाँच दलका पाँचजना उम्मेदवार र प्रदेश सभाका दुई निर्वाचन क्षेत्रका लागि पाँच दलका नौजना उम्मेदवार मैदानमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com