ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको पहिचान झल्काउन तीन सय युवा रसियातिर


admin
आश्विन २५, २०७४ बुधबार  १ : ०९ बजे

काठमाडौँ, २५ असोज ।  रुसि महासंघको सोचीमा यही असोज २८ गते देखि कात्तिक ५ गतेसम्म आयोजना हुने १९ औँ ‘वल्र्ड फेष्टिभल अफ युथ एण्ड स्टुडेण्ट’ मा सहभागी हुन नेपालका तीन सय युवा त्यसतर्फ लागेका छन् ।

विश्वभरका युवाको जमघट हुने उक्त फेष्टिभलमा नेपालको संस्कृति, खेलकुद आदि प्रस्तुत गरी विश्व समुदायमा नेपालको पहिचान स्थापित गरिने बताइएको छ ।

विश्वका १५० देशका करिब २० हजार युवाको सहभागिता रहने र नेपालबाट सबैभन्दा बढी ३०० युवा सहभागी हुने नेपालस्थित रसियन राजदूतावासले जनाएको छ ।

रसियन राजदूतावासको सहयोगमा ती युवा विद्यार्थी तथा युवा नेता रसिया जान लागेका हुन् । दूतावासले निःशुल्क प्रवेशाज्ञा र कार्यक्रम अवधिभर बस्न खानको व्यवस्था गरे पनि सहभागाी युवाले त्यहाँसम्म जाने आउने हवाई भाडा भने आफैँले बेहोर्नेछन् ।

नेपालको तर्फबाट कार्यक्रमको व्यवस्थापन गरेका युवा व्यवसायी एवं विद्यार्थी नेता रमेश सिलवालकाअनुसार आज र भोलि सम्ममा सबै युवा रसिया पुगिसक्नेछन् । सिलवालको जिम्मामा मात्रै १५० युवालाई दूतावासले प्रवेशाज्ञा दिएको छ । कार्यक्रममा जाने युवामा विभिन्न राजनीतिक दल निकट भातृ संस्थाका युवा विद्यार्थी नेता, केही पत्रकार, अधिवक्ता, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिसमेत छन् ।

विश्वभरका युवा विद्यार्थीलाई एउटै थलोमा उतारेर युवाको विचार आदन प्रदानका साथै क्षमता अभिवृद्धिमा कार्यक्रमले सहयोग पुग्ने सिलवालले बताउनुभयो । त्यहाँ जम्मा हुने युवाले आ–आफ्नो देशको प्रस्तुति दिनेछन् ।

नेपालबाट धेरै युवालाई सहभागीता जनाउने अवसर दिनपाएकोमा दुतावासले खुसी व्यक्त गर्दै आगामी दिनमा पनि नेपाली युवाका लागि यस्तै कार्यक्रम आयोजना गरिने जनाएको छ ।
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का प्रचार विभाग सचिव समेत रहेका चितवनका २९ वर्षीय सिलवाय वेलायतमा चार्डर एकाउन्टेन्ड कोर्ष गरी तीन वर्षअघि नेपाल फर्किएर युवा सशक्तिकरण अभियानमा लागेका छन् ।

आमन्त्रण र निवेदनको आधारमा दूतावासले सहजै प्रवेशाज्ञा दिएको बताउने सिलवाल यो कार्यक्रमबाट १५० देशको अनुभव, संस्कार बुझ्नुका साथै नेतृत्व विकासका लागि उपयोगी हुने बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

रुकुमपूर्वमा प्रचण्डको ८४ घण्टे भावनात्मक यात्रा: जनयुद्धको पुरानो पदचापदेखि समाजवादको नयाँ सपनासम्म

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेलाई जिताउन ‘आफू र आफ्ना’लाई सक्रिय बनाउन ओलीको निर्देशन

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

एक कार्यकाल पूरा गर्न ४ पटक प्रधानमन्त्री हुनुपर्‍यो, राम्रो काम गर्नेबित्तिकै हटाइहाल्छन्’

जेन–जीका मुख्य नेताले प्रचण्डलाई प्रधानमन्त्री बनाएको भए हुने रहेछ भन्न थालेका छन्

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

जेनजी आन्दोलनमा प्रहरी कार्यालयबाट लुटिएको पेस्तोल र ४० राउन्ड गोलीसहित युवक पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com