ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सशस्त्र प्रहरी बल केन्द्र मातहत नै रहने


admin

काठमाडौँ, २२ असोज । संघीय संरचनामा पनि सशस्त्र प्रहरी बल केन्द्र मातहत नै रहने भएको छ ।

‘सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तालीम सम्मेलन’ को यहाँ आज उद्घाटन गर्दै गृहमन्त्री जनार्दन शर्माले संघीय संरचनामा बललाई कसरी लैजाने भन्ने गृहकार्य मन्त्रालयले गरिरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सशस्त्र प्रहरी बलको प्रदेशस्तरको स्वतन्त्र संरचना बन्दैन, तर यसको प्रदेश संरचना भने बन्छ ।” विदेशमा शान्ति मिसनमा जाँदामात्रै राम्रो कमाइ हुने परिपार्टीको अन्त्य गर्दै बलका कर्मचारीको भत्ता र सुविधा बढाउन विभिन्न योजना बनाउन आवश्यक रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “देशभित्र औद्योगिक सुरक्षामा खटिँदा होस् वा जलविद्युत् आयोजनाको सुरक्षामा खटिँदा सोबापत ती संस्थाबाट थप रकम त्यहाँ खटिने बलका कर्मचारीले पाउने व्यवस्था गर्नेतर्फ ध्यान दिन आवश्यक छ ।”

बलले शान्तिसुरक्षा, जनधनको सुरक्षा, विपद् व्यवस्थापन, औद्योगिक सुरक्षाको कार्यादेश पाएकाले सो क्रममा आएका समस्या र समाधानका उपायबारे सम्मेलनमा गहन छलफल हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तो छलफलले बलको नयाँ रणनीतिक योजना विकास गर्ने एवं आवश्यक कार्यनीति तय गर्ने उहाँको भनाइ छ ।

मन्त्रालयले आन्तरिक सुरक्षा नीति बनाइरहेको र त्यो अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । केहीअघिको बाढीपहिरोमा राहत तथा उद्धारमा र स्थानीय निकायको निर्वाचनमा शान्तिसुरक्षा दिन सशस्त्र प्रहरी बलले खेलेको भूमिका सराहनीय रहेको गृहमन्त्रीले बताउनुभयो ।

कार्यक्रममा बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठले संगठन व्यवस्थापन, नीति, रणनीति तय गर्न सम्मेलन सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com