ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ५ सरकारका मन्त्रीहरु झाडु बोकेर सडकमा


sharan sharan
फाल्गुन २, २०७५ बिहीबार  १२ : ५५ बजे


बुटवल, २ फागुन ।
प्रदेश नम्बर ५ को स्थापना दिवस आजबाट प्रदेश भरी कार्यक्रम गर्दै मनाउन सुरु भएको छ । प्रदेश सरकारको निर्णय अनुसार ३ दिन सम्म मनाउन थालिएको प्रदेश स्थापना दिवसका अवसरमा आज प्रदेशका प्रमुख राजमार्गहरुको सरसफाई गर्दै प्रदेश दिवस मनाउन थालिएको हो ।
पश्चिम सिमाना बर्दियाको भुरिगांउबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी र पुर्व सिमाना वर्घाट चौराहाबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलको अगुवाईमा आज बिहानैबाट सरसफाई अभियान सुरु भएको प्रदेश मुख्य मन्त्रीको कार्यालयले जनाएको छ । यसैगरि आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद के सी बांकेको कोहलपुर चोकबाट, भौतिक विकास मन्त्री बैजनाथ चौधरी कपिलवस्तुको चन्द्रौटा चोकबाट र सामाजिक विकास मन्त्री सुदर्शन बराल दाङको लमही चोकबाट सरसफाई अभियानमा सहभागी भएका छन् ।
नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बुटवलको जितगढी चौकबाट राजमार्ग सरसफाई कार्यक्रको थालनि गर्नुभएको थियो ।

सरसफाई कार्यक्रमका अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले नगर र बजारहरुसंगै बनजंगल र ग्रामीण क्षेत्रपनि सफा राख्न आवश्यक रहेको बताउनुभयो ।
उहांले वाताबरण सफा बनाई प्रदेशलाई नै स्वच्छ र स्वस्थ बनाउने अभियान अन्तर्गत सरसफाईको अभियान सुरु गरिएको बताउनुभयो ।
अघिल्लो वर्ष फागुन ३ गते प्रदेश नम्बर ५ को घोषणा भएको थियो । प्रदेश सरकारले फागुन ३ लाई प्रदेश स्थापना दिवसकारुपमा मनाउने घोषणा गरेको छ । फागुन ३ गते औपचारीक समारोह र ४ गते स्वास्थ्य शिबिर सहति सामाजिक कार्य गर्दै दिवस मनाईने प्रदेश सरकारको कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

पुर्जा नभएकालाई हटाए ५० लाख नागरिक गरिबीको चक्रमा : अर्थतन्त्र र सामाजिक स्थायित्वमै गम्भीर असरको खतरा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

राष्ट्पतिले् संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्नुका कारण

सुकुम्वासीबारे सरकारलाई रास्वपाले भन्यो– सुकुम्वासीबाहेक अन्यलाई अहिले कुनै कारबाही नगर्नू

अध्यादेशको बचाउमा कानुनमन्त्री सोविता गौतमको ‘भ्रमपूर्ण दाबी’

ओलीले अझै केही दिन राजनीतिक भेटघाट नगर्ने

निजामती कर्मचारीको ट्रेड युनियन खारेज, अध्यादेशमार्फत नयाँ व्यवस्था लागू

सरकारको ४० दिन: निर्णयमा आक्रामकता, नीतिमा अन्योल र सुकुम्बासी संकटले बढायो दबाब (भिडियो सहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com