ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरी निरीक्षक दम्पतीको सम्झनामा राधाकृष्ण मन्दिर


admin

रुकुम, ७ माघ । नवीन श्रेष्ठ र अनिता प्रधान श्रीमान् श्रीमती हुनुहुन्थ्यो । उहाँहरु दुवै प्रहरी निरीक्षक हुनुहुन्थ्यो ।

सडक दुर्घटनामा परी दुवैको मृत्यु भएको एक वर्षभन्दा बढी पुगेको छ । रुकुम (पश्चिम) मुसिकोट नगरपालिका– ७ साखमा भएको जीप दुर्घटनामा परी २०७४ मङ्सिर ८ गते दुवैको निधन भएको थियो ।

विसं २०७० चैत ९ गते प्रहरी निरीक्षकमा नियुक्ति भई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत नवीन २०७४ मङ्सिर २ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख भई सुर्खेतमा आउनुभएको थियो ।

विसं २०६९ साउन ४ गते सहायक प्रहरी निरीक्षक पदमा नियुक्ति भएकी अनिता इलाका प्रहरी कार्यालय रानी मोरङमा काम गर्नुभएको थियो । विसं २०७२ असोज १ मा प्रहरी निरीक्षकमा नियुक्त भई सङ्घीय प्रहरी एकाइ कार्यालय चन्द्रगढी झापामा कार्यरत अनिता केही समयका लागि काजमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा हुनुहुन्थ्यो ।

प्रहरी तालीम केन्द्र काठमाडौँमा २०७४ साउनमा भएको प्रहरी निरीक्षकको तालीममा दुवै जनाको भेट भएको थियो । यो भेटघाट सहकर्मी, मिल्ने साथी हँुदै जीवनसाथीमा परिणत हुन पुग्यो ।

उहाँहरुको २०७४ मङ्सिर ५ गते सुनसरीको इटहरीमा विवाह सम्पन्न भयो । त्यसको भालिपल्ट बिहान इटहरीबाट हिँडेको त्यो जोडी ७ गते साँझ रुकुम (पूर्व) घरमा पुग्यो ।

नवीन र अनिताको त्यो जोडी घरमा पुग्दा घरपरिवार र छरछिमेकको खुशीको सीमा थिएन । सबै जनाले गीत गाइरहेका थिए । नाचिरहेका थिए । कोही स्वागत सत्कारमा लागिरहेका थिए ।

त्यहाँ उपस्थित भएका सबै जनाले नवीन र अनिताको जोडीलाई राधा कृष्णको जस्तो मिलेको जोडी भनेर पनि तारिफ गरेको सुनिन्थ्यो । त्यस रात सबैको नाचगान रमाइलोमै बित्यो ।

उताबाट प्रदेश र सङ्घको चुनावले समय मिच्दैमिच्दै ल्याएको थियो । उहाँहरु जतिसक्दो छिटो आफ्नो कार्यक्षेत्रमा फर्कनुपर्ने थियो । २०७४ मङ्सिर ८ गते बिहानैबाट सबैसँग भेटघाटमा व्यस्त हुनुभएका नवीन र अनिताले त्यसै दिन अपराह्न ४ बजे आआफ्नो कार्यक्षेत्रका लागि यात्रा तय गर्नुभयो ।

साँझकोे ७ बजेको थियो । घरबाट खुशीका साथ बिदाइ भएर कर्मथलोतिर लागेको त्यो जोडी जीप दुर्घटनामा परी अब संसारमै नरहेको भन्ने खबर आयो । रुकुम (पश्चिम) मुसिकोट नगरपालिका– ७ साखमा जीप दुर्घटनामा परी उहाँहरुको मृत्यु भयो । उक्त दुर्घटनामा उहाँहरुलगायत सात जनाको ज्यान गएको थियो । जसमा पाँच जना श्रेष्ठ परिवारका नै हुनुहुन्थ्यो ।

एक्कासी सबै खुशी शोकमा परिणत भए । सबैले रुकुम (पूर्व) मा अन्धकारको बादल मडारिरहेको आवास गरे । यस घटनाले रुकुम (पूर्व) मात्र होइन, पूरै देश नै शोकमा डुब्यो ।

बिहे गरेको चार दिनमै एकसाथ एकै ठाउँमा दम्पती मात्र नभई दुई-दुई जना राष्ट्रसेवक कर्मचारी गुमाएको थियो, देशले । भर्खरै विवाह गरेका नव जोडीका र घरपरिवारका सारा सपना र खुशी एकै पलमा खोसिए ।

सुन्दाखेरी सपना जस्तै अपत्यारिलो लाग्ने त्यो घटना सबैले स्वीकार्नुपर्ने भयो । किनकी त्यही नै सत्य थियो । यस घटनाले महीनौँसम्म सबैको मनमुटु हल्लाइरह्यो । त्यस्तो अवस्थामा यस घटनाले परिवारमा के बितिरहेको छ भनेर त हामी सजिलै कल्पना गर्न सक्छौँ ।

अहिले उहाँहरुको मृत्यु भएको एक वर्ष बितेको छ । उहाँँहरुकै सम्झनामा परिवारले सिस्ने गाउँपालिका– ६ रुकुमकोट आलामा राधा कृष्णको मन्दिर निर्माण गरेको छ । परिवारद्वारा निर्मित उक्त मन्दिरमा आज र भोलि धार्मिक अनुष्ठानका कार्यक्रम हुने बताइएको छ ।

नवीन श्रेष्ठका बुबा टेकबहादुर श्रेष्ठका अनुसार राधाकृष्ण मन्दिरमा मूल घरबाट मन्दिरसम्मको बाजागाजा भजन कीर्तन, स्वस्तीशान्तिसहित राधाकृष्णको रथयात्रा गरिने छ ।

धार्मिक प्रवचनसहित भजनकृतन र लाखबत्ति प्रज्वलनलगायत भक्तजनबाट राधाकृष्णको दर्शन र पूजाको काम हुनेछ । उहाँले भन्नुभयो, “मन्दिर मात्र होइन, छोरा बुहारीको सम्झनामा उनीहरुको सालिक पनि बनाएका छौँ, रु नौ लाख ५० हजारको लागतमा मन्दिर र सालिक निर्माण गरेका हौँ ।”

यस मन्दिरमा दैनिक पूजापाठका लागि मासिक तलबको व्यवस्था गरी एक जना पुरोहित पनि राख्ने उहाँले बताउनुभयो । “भक्तजनका लागि यो मन्दिर सधैँ खुला रहने छ”, उहाँले भन्नुभयो ।

एक शिक्षकका भरमा विद्यालय 

सिस्ने गाउँपालिका–४ काँडास्थित प्रगति आधारभूत विद्यालयमा शिक्षक अभावका कारण पठनपाठनमा समस्या भएको छ । कक्षा पाँचसम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा दुई राहत शिक्षक कार्यरत रहेकामा एक शिक्षकले राजिनामा दिएको नौ महीना पुगिसक्दा पनि पदपूर्ति हुन सकेको छैन ।

शिक्षक दरबन्दी रिक्त भएपछि विद्यालय व्यवस्थापन समितिको बैठकले गत असार पहिलो साता शिक्षा विकास तथा समन्वय एकाइबाट अनुमति लिने र विज्ञापन गरी शिक्षक भर्ना गर्ने निर्णय गरे पनि एकाइबाट अहिलेसम्म अनुमति पाउन नसक्दा समस्या भएको छ ।

रिक्त रहेको पदमा सिस्ने गाउँपालिका– १ ठूलो सिस्नेमा कार्यरत शिक्षिका सुनिता भण्डारी हमाललाई सरुवा गरेर ल्याउन विद्यालयलाई विज्ञापन गर्ने अनुमति नदिएको विद्यालय व्यवस्थापन समितिको आरोप छ । राहतमा कार्यरत शिक्षकको सरुवा गर्न नपाइने भए पनि गाउँपालिकाले त्यसविपरीत गर्न खोज्दा बिव्यसले अस्वीकार गरेको बताइएको छ ।

गाउँपालिकाको आन्तररिक दरबन्दी मिलान गर्ने विषयमा छलफल चलिरहेकाले अहिले विज्ञापन गर्ने अनुमति नदिइएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख तीलक गौतमले बताउनुभयो ।

उता गाउँपालिकाले पनि १५-१६ वर्ष दुर्गममा काम गरेकालाई राहतकै दरबन्दीमा ल्याउन मिल्ने दाबी गरेको छ ।

विद्यालयमा अहिले ११४ विद्यार्थी अध्यनरत रहेकामा शिक्षक अभावले उनीहरुको पढाइ प्रभावित भएको प्रधानाध्यापक हिमाल खड्काले बताउनुभयो । पछिल्लो समयमा गाउँपालिकाले एक करार शिक्षक दिएपछि भने केही राहत मिलेको छ ।

गाउँपालिकाले विद्यार्थी अनुपातका आधारमा शिक्षक कम भएका विद्यालयमा करारमा राख्ने अनुमति दिएपछि यस विद्यालयमा पनि मङ्सिर १ गतेदेखि एक नयाँ शिक्षक राखिएको उहाँको भनाइ छ । शिक्षक अभावले विद्यालयका सहयोगी कर्मचारीलेसमेत पठनपाठन गराउने गरेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com