ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुख्यमन्त्री राईसामु चिया किसान र उद्यमीको गुनासो


admin

पशुपतिनगर, ७ माघ । नेपाली चियाको गुणस्तरीय उत्पादन र बजार प्रवद्र्धनका लागि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईसँग किसान र उद्यमीले माग गरेका छन् ।

सूर्योदय नगरपालिकाको पहलमा मुख्यमन्त्री राईको उपस्थितिमा फिक्कलमा इलामका चिया उद्योगी, किसान र सहकारी सञ्चालकले गुणस्तरीय चिया उत्पादनमा देखापरेका समस्या र समाधानबारे जानकारी गराएका हुन् ।

भारतीय बजारमा नेपाली चियाले मूल्य नपाएको र युरोपमा चिया निर्यात गर्न जैविक हो भन्ने प्रमाणीकरण नगरिएका कारण समस्या भएको चिया उद्यमी उदय चापागाईंले बताउनुभयो । अन्तरराष्ट्रिय बजारमा नेपाली चियाको माग उच्च भए पनि जैविक चिया उत्पादन नभएका कारण समस्या भएको उहाँको भनाइ थियो ।

चियामा विषादीको प्रयोग अन्त्य गर्न र जैविक चिया उत्पादनका लागि किसानलाई प्रदेश सरकारले सहयोग गर्नुपर्ने उहाँको माग थियो। चियाखेती शुरुआत भएको इलाममा उत्पादन हुने १० प्रतिशत चिया युरोपका बजार र ९० प्रतिशत भारतको कलकत्तामा बिक्री गरिँदै आएको छ ।

नेपालमा चियाखेती र उत्पादन भए पनि लोगो नहुँदा अन्तर्राष्ट्रिय बजारमा नेपालमा चिया उत्पादन हुनेबारे तेस्रो मुलुकका व्यपारीलाई थाहा नै नभएकाले आधिकारिक प्रतीक चिह्न लागू हुनुपर्ने व्यावसायीले माग गरेका थिए ।

सूर्योदय टि एशोसिएशनका अध्यक्ष पुनम राईले नेपाली चिया भारतीय बजारमा लगेर बिक्री गर्नपर्ने बाध्यता रहे पनि सहज निर्यातमा समस्या रहेको बताउनुभयो ।

“तेस्रो मुलुकमा नेपाली चिया निर्यात गर्न जैविकताको प्रमाणीकरण नहुँदा भारतीय बजारको भर पर्नुपर्ने बाध्यता छ ”, अध्यक्ष राई भन्नुभयो, “चिया निर्यातका लागि काँकरभिट्टाको नाकामा भारतीय भन्सारबाट अनेक झन्झट व्यहोर्नुपरेको छ ।”

चार दिनमा कोलकत्ताको बजारमा पुग्नेमा अहिले १५ दिनसम्म लाग्ने गरेकाले नेपाली चियाले राम्रो बजार पाउन नसकेको उहाँले बताउनुभयो । उद्योग स्थापना हुने क्रम बढे पनि कच्चा पदार्थ उत्पादन कम भएकाले चियाको नयाँ बगान विस्तारका लागि सरकारले किसानलाई सहुलियत दरमा ऋण उपलब्ध गराउनुपर्ने उक्त एशोसिएशनका सचिव गोपाल कट्टेलले बताउनुभयो ।

विसं २०७० पछि चियाखेती विस्तारभन्दा पनि उद्योग खुल्ने क्रम बढेको र सरकार तथा गैरसरकारी संस्थाले उद्योग स्थापना र उपकरणमा मात्रै अनुदान दिएकाले अब किसानलाई जैविक उत्पादन तथा विस्तारका लागि पनि सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपालको सिटिसि (प्रशोधित) चियाको आन्तरिक खपत ८० प्रतिशत भए पनि अर्थोडक्स चियाको खपत ११ प्रतिशत मात्रै भएकाले आन्तरिक बजार विस्तार र प्रचारमा सरकारले सहयोग गर्नुपर्ने चिया उद्योगी सोनाम लामाले बताउनुभयो ।

नेपाली चिया देशभित्रै खपत कम हुँदा ९० प्रतिशत भारतको कलकत्ताको बजारमा भर पर्नुपर्ने बाध्यता भएकाले अर्थोडक्स चियाको आन्तरिक बजार विस्तारका लागि प्रदेश सरकारले प्रचारप्रसार र बजार खोज्न पहल गर्नुपर्ने लामाको भनाइ थियो ।

अर्थोडक्स(प्रशोधन नभएको) चिया युरोपका बजारमा बिक्री गर्दै आउनुभएका उद्यमी उदय चापागाईंले चियाको अन्तर्राष्ट्रिय बजार राम्रो भए पनि जैविक हो भन्ने प्रमाणित नगरिँदा समस्या भएको बताउनुभयो ।

प्रमाणिकरण भएको चिया जति पनि युरोपमा बिक्री हुन्छ र माग पनि बढी छ तर नेपाली चिया सबै जैविक हो भन्ने प्रमाणीकरण नभएकाले विषादीको अझै प्रयोग गर्ने चलन छ, चापागाईंले भन्नुभयो, “चिया क्षेत्रमा उद्योग र उपकरणमा लगानी बढ्दै गए पनि किसानका लागि कुनै कार्यक्रम नभएकाले चियालाई जैविक बनाउन प्रदेश सरकारले कार्याक्रम ल्याउनुपर्छ ।”

चिया उद्यमी तथा इलाम क्षेत्र नं१ का प्रदेश सांसद काजिमान कागतेले चियाको गुणस्तर सुधार र नयाँ बगान विस्तारमा सहयोग गर्न माग गर्नुभयो ।

“चियाको टिपाइदेखि, प्रशोधनसम्मको गुणस्तर सुधार गरिएकाले राम्रो मूल्यमा चिया बिक्दै आएको छ,” उहाँले भन्नुभयो, “उद्योग खोल्ने अभियानले गर्दा अहिले उद्योगको क्षमताभन्दा कम कच्चापदार्थ उत्पादन भएकाले नयाँ बगान विस्तारका लागि सरकारले प्रतिरोपनि तथा प्रतिहेक्टरका आधारमा सहुलियतदरमा ऋण प्रदान गर्नुपर्छ ।”

मुख्यमन्त्री राईले नेपाली चियाको इतिहास डेढसय वर्ष नाघे पनि लोगो बन्न नसकेको दुःख व्यक्त गर्दै चियाको समस्या समाधान गर्न तीनै तहका सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।

किसानका समस्या समाधान नगरे देशको समृद्धिको कुरा गर्नु व्यर्थ हुने भएकाले चाँडोभन्दा चाँडो चिया अनुसन्धान केन्द्र स्थापना गरी त्यस केन्द्रबाट सबै काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

चियाको प्रवद्र्धनका लागि छुट्टै चिया विकास बोर्ड स्थापना गर्न प्रदेश सरकारले छलफल अघि बढाएको र कृषिमा औद्योगिकरण गर्न चाँडै वृहत योजना कार्यान्वयमा ल्याइने पनि मुख्यमन्त्री राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com