ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार सञ्चारमैत्री वातावरण निर्माणमा जुटेको छ : सञ्चारमन्त्री बस्नेत


admin
आश्विन ६, २०७४ शुक्रबार   १ : १४   बजे

 

 

काठमाडौँ, ६ असोज ।  सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सञ्चारमैत्री वातावरण निर्माणका लागि सरकार लागिपरेको बताउनुभएको छ ।

राष्ट्रिय फोटो पत्रकार समूहको २१औँ वार्षिकोत्सव समारोहका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो – “सञ्चार क्षेत्रको विकास भए मात्र मुलुकको विकास र समृद्धि हुन्छ ।”

मन्त्री बस्नेतले “सूचना प्रविधिको विकासका कारण संसारका धेरै मानिस धनी बनेका छन् र धेरै देशले विकास र समृद्धि गरेका छन्,” भन्दै सूचना प्रविधिको क्षेत्रलाई देशभर विस्तार गर्ने गृहकार्यमा सरकार जुटिरहेको बताउनुभयो ।

“कात्तिक मसान्तभित्र देशका हरेक कुनाकाप्चामा टेलिफोन सेवा पु¥याउने गरी काम भइरहेको छ,” उहाँले भन्नुभयो– “राष्ट्रिय आमसञ्चार प्रतिष्ठान निर्माण, न्यूनतम पारिश्रमिक कार्यान्वयन लगायतका आधारभूत कुरालाई लागू गर्नेमा सरकार गम्भीर भएर कार्य गरिरहेको छ ।”

मन्त्री बस्नेतले मुलुकको हरेक परिवर्तनमा फोटो खिच्ने नाउँमा आफ्नो ज्यानलाई जोखिममा राखेर फोटो पत्रकारले पु¥याएको योगदानको उच्च प्रशंसा गर्दै फोटो पत्रकारलाई परेको समस्याको समाधानका लागि मन्त्रालय सदैव सकारात्मक रहेको धारणा राख्नुभयो ।

नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले विद्यागत पत्रकारिताको विकासका लागि फोटो पत्रकार संस्थागत रुपमा अगाडि बढेको भन्दै आगामी दिनमा अझ सशक्त भएर अगाडि बढ्न आग्रह गर्नुभयो ।

उहाँले फोटो पत्रकारिताका नाममा पत्रकारले लाखौँ रुपैयाँ खर्च गरेर क्यामरा किने पनि क्यामरा र मान्छेको बीमा नहुँदा समस्या परेको बताउँदै मन्त्रालयलाई उक्त कुरामा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।

प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालले नेपाली पत्रकारिताको विकासमा फोटो पत्रकारले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

समूहका अध्यक्ष धुव्र आले, पूर्वअध्यक्ष कवीन्द्रमान शाक्य, राष्ट्रिय पर्यटन पत्रकार सङ्घका अध्यक्ष शिव अधिकारी लगायतले फोटो पत्रकारिताको विकासका लागि राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

विसं २०५३ मा स्थापना भएको समूहमा हाल ३१ जिल्लाका ४०० भन्दा बढी फोटो पत्रकार आबद्ध रहेको समूहका सचिव प्रदीपराज वन्तले जानकारी दिनुभयो ।

कार्यक्रममा विभिन्न विद्यामा फोटो पत्रकारितामार्फत योगदान पु¥याएको भन्दै पाँचजना फोटो पत्रकारलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेमा गोरखापत्र दैनिकका फोटो पत्रकार राजेन्द्र चित्रकार, मनोरञ्जन फोटो पत्रकार कवीन्द्रमान शाक्य, संस्कृति तथा सम्पदा फोटो पत्रकार गणेशकुमार श्रेष्ठ, साहसिक फोटो पत्रकार राजेश गुरुङ र पर्यटन फोटो पत्रकार किरण आचार्य रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि बढ्दो प्रश्न, संसददेखि संवैधानिक निकाय र कूटनीतिक क्षेत्रमा विवाद

रास्वपामा रवि शक्तिशाली सभापति बन्दै, एक तिहाइ सदस्य मनोनीतको अधिकार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि बढ्दो प्रश्न, संसददेखि संवैधानिक निकाय र कूटनीतिक क्षेत्रमा विवाद

रास्वपामा रवि शक्तिशाली सभापति बन्दै, एक तिहाइ सदस्य मनोनीतको अधिकार

झलनाथलक्षित प्रचण्डको टिप्पणी– प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती गर्दैछन्

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group