ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढीपछि अलपत्र परेका एकसिङ्गे गैँडाको अनुगमन गरिने


admin

रत्ननगर, चितवन, ५ असोज (रासस) ः प्राकृतिक प्रकोपका कारण दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडाको बासस्थान खल्बलिएको र कतिपय गैँडाको मृत्युसमेत भएकाले तिनीहरुको अवस्था पत्ता लगाउन चितवन निकुञ्जमा गैँडाको अनुगमन गरिने भएको छ ।

प्रकोपका कारण गैँडामा परेको असर पत्ता लगाई संरक्षणको नयाँ रणनीति निर्माणका लागि अनुगमन गर्न लागिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिनुभयो । बाढीले गैँडाको बासस्थान खलबलिएको, गैँडा बगाएको र गैँडाको मृत्युसमेत भएकाले तथ्याँक अध्यावधि गर्न अनुगमन गर्न केही दिनअघि चितवन निकुञ्जले प्रस्ताव पेश गरेको थियो । उक्त प्रस्ताव सकारात्मक रहेको भन्दै विभागले गैँडाको अनुगमन गर्ने सोच बनाएको महानिर्देशक खड्का बताउनुहुन्छ ।

उहाँका अनुसार भ्याएसम्म २०७४ साल भित्रमा नभ्याए चालू आर्थिक वर्ष भित्रैमा गैँडाको अनुगमन गरिने छ । यो बीचमा बाघको अनुगमन गर्नुपर्ने भएकाले समय केही ढिला हुन सक्ने देखिएको छ । बर्दिया शुक्लाफाँटा र पर्सामा भने बासस्थानमा असर नपरेको खड्का बताउनुहुन्छ । नेपालमा हरेक चार वर्षमा गैँडा गणना गर्ने योजनाअनुसार यसअघि सन् २०१५ मा गैँडा गणना भएको थियो ।

आगामी सन् २०१९ मा गैँडा गणनाको समय भए पनि प्राकृतिक विपत्तिले चितवन निकुञ्जका वन्यजन्तुलाई नराम्ररी प्रभावित बनाएकाले अवस्था पत्ता लगाउन चालू आवमा नै गैँडा गणना गर्ने तयारी गरिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले गैँडाको अनुगमन आवश्यक रहेकाले निर्णय गरेर निकुञ्ज विभागमा प्रस्ताव पेश गरिएको जानकारी दिनुभयो । “हामीले निर्णय गरेर निकुञ्ज विभागका पठाएका छौँ,” कँडेलले भन्नुभयो, “बासस्थान बाढीले बिगारेको मात्र हैन कति बच्चा बगाएर मारेको पनि छ । त्यसैले तत्काल गणना गर्नुपर्छ भन्नेछ ।”

गत साउन २८ गते आएको बाढीले चितवनबाट बगाएर भारत पु¥याएको आठवटा गैँडालाई निकुञ्जले उद्धार गरेको छ भने बाढीले घाइते बनाएको दुईवटा गैँडा मरेको थियो । थाहै नपाई गैँडाका बच्चा बगाएर मरेको हुनसक्ने आशंका निकुञ्जले गरेको छ । त्यसैले पनि गैँडाको गणना आवश्यक भएकाले प्रस्ताव पेश गरिएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल बताउनुहुन्छ । अघिल्लो वर्ष चितवनमा विभिन्न कारणले २५ वटा गैँडा मरेको थियो । यो वर्ष साउन र भदौमा मात्र नौवटा गैँडा मरिसकेको सूचना अधिकारी अर्याल बताउनुहुन्छ ।

यसअघि सन् २०१५ को गैँडा अनुगमनमा नेपालमा ६०५ गैँडा रहेका पाइएको थियो । चितवन निकुञ्जमा मात्रै ६०५ गैँडा रहेको अनुमान छ । बर्दिया राष्ट्रिय निकुञ्जमा २९, शुक्लाफाँटामा आठ र पर्सा राष्ट्रिय निकुञ्जमा तीनवटा गैँडा रहेको तथ्याङ्क छ । गणनापछि चितवन निकुञ्जले बर्दियामा आठ र शुक्लाफाँटामा पाँचवटा गैँडा स्थानान्तरण गरिसकेको छ । प्राकृतिक विपत्ति रोग–ब्याधि तथा विभिन्न कारणले वन्यजन्तु नाश हुन सक्ने भएकाले प्रजाति संरक्षणका लागि वन्यजन्तुको स्थानान्तरण गर्न थालिएको हो । पछिल्लो सात वर्षमा तस्करका कारण तीनवटा गैँडा मारिएको छ ।

यो बीचमा एक हजार दिनसम्म शून्य चोरी शिकार समय मनाउन सफल भएको थियो । यो अवस्थालाई कायम राख्न ठूलो चुनौती रहेकाले सबै क्षेत्रको सहकार्यमा संरक्षण चुस्त पार्ने काम भइरहेको चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठक बताउनुहुन्छ । समुदायको सहभागिताले नै संरक्षण सफल भएको मृगकुञ्ज उपभोक्ता समितिको बाघ संरक्षण उपसमितिका संयोजक जीतु तामाङ बताउनुहुन्छ । भोलि शुक्रबार विश्व गैँडा दिवसका अवसरमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com