
काठमाडौं,१७ पुस । अंग्रेजी क्यालेण्डर अनुसारको नयाँ वर्ष सन् २०१९ सुरु भएको छ ।
सोमबार मध्य रातमा वर्ष २०१८ सकिएसंगै नयाँ वर्ष २०१९ सुरु भएको हो । विश्वका विभिन्न शहरमा नयाँ वर्षको अवसरमा आतिशबाजी तथा उत्सव भएका छन् ।
नयाँ वर्षको अवसरका विश्वभर मनोरञ्जनात्मक कार्यक्रम भइरहेका छन् । नयाँवर्षको पूर्वसन्ध्यामा गएराति प्रमुख पर्यटकीय केन्द्र ठमेलमा सांगीतिक कार्यक्रम भएको थियो ।
ठमेलका साथै दरबारमार्गलगायत क्षेत्रमा नयाँ वर्षको स्वागतका लागि झिलिमिली बत्तीका साथै विभिन्न कार्यक्रम गरिएको थियो । सन् २०१८ लाई बिदाई गर्दै एक आपसमा शुभकामना दिदै नया“ वर्ष मनाईन्छ ।
अमेरिका, युरोपेली मुलुकसहित, एशियाली राष्ट्रमा आपसी भेटघाट गरी उत्सवका रुपमा नयाँ वर्ष मनाईंदैछ । नयाँ वर्षको उपलक्ष्यमा विश्वभरका नेताहरुले विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन् ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ मा समृद्ध नेपाल र सुखी नेपालीको महाअभियान अझ दृढतापूर्वक उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
अंग्रेजी नयाँ वर्ष २०१९ का अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अर्काे नयाँ वर्षको संघारमा पुग्दासम्म जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध बनाउने अभियान सार्थक विन्दुमा पुग्ने बताउनुभएको छ ।
उहाँले सन् २०१८ संविधान कार्यान्वयन र संक्रमणकाल अन्त्यको वर्ष भएको बताउनुभएको छ ।



















प्रतिक्रिया दिनुहोस्