ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कम्युनिष्ट नेतृत्व सरकार सफल हुनुपर्छ : वरिष्ठ नेता नेपाल


bhawani desk
भाद्र २८, २०७५ बिहीबार  ४ : ०० बजे

भक्तपुर,२८ भाद्र । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले नेपालमा कम्युनिस्ट आन्दोलन सफल भएको बताउनुभएको छ ।
नेपालको पहिलो कम्युनिस्ट विद्यालयका रुपमा स्थापना भएको मदन भण्डारी एशियाली विद्यालयले भक्तपुरको खरिपाटीमा सञ्चालन गरिरहेको विश्वको कम्युनिस्ट इतिहास र वर्तमानका बारेमा भइरहेको प्रशिक्षणमा उहाँले कम्युनिस्ट नेतृत्वको सरकार सफल हुनुपर्ने बताउनुभएको छ ।

नेता नेपालले भन्नुभयो, “अहिले नेपालमा कम्युनिस्ट व्यवस्थाले नेकपा र देशलाई एउटा मौका दिएको छ यो मौकाको फाइदा नेपालले उठाउनुपर्छ, नेपालमा कम्युनिस्ट आन्दोलन सफल भयो, कम्युनिष्ट नेतृत्व सरकार पनि सफल हुनुपर्छ ।”

कम्युनिष्ट नेतृत्वको सरकारले मुलुक समृद्धि र विकासतिर लम्किरहेको बताउँदै उहाँले नेकपा नेतृत्वको सरकारले जनतासँग माछा र पानीको तथा नङ र मासुको जस्तो सम्बन्ध राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

दलले जनताको कुरा नबुझे जनता दलको पछि नलाग्ने बताउँदै उहाँले त्यसप्रति युवापुस्ता चनाखो हुनुपर्ने औँल्याउनुभयो । शिक्षा, सिँचाइ, सडक, सीप, सरसफाइ र स्वास्थ्यको क्षेत्रमा विशेष काम गर्नुपर्ने भनाइ राख्दै उहाँले भ्रष्टाचारलाई शून्य सहनशीलतामा झार्ने बताउनुभयो ।

नेता नेपालले देशमा राजनीतिक क्रान्ति पूरा भएकाले अब सामाजिक, आर्थिक र सांस्कृतिक क्रान्ति गर्नुपर्छ भन्दै यो जिम्मेवारी नेकपाको काँधमा आएको छ भन्नुभयो ।

नेपालमा दुई ठूला कम्युनिस्ट पार्टीलाई एकीकरण गरेर विश्व समुदायसमक्ष ऐतिहासिक कार्य गरेको चर्चा गर्दै नेता नेपालले यो एकतालाई दिगो बनाउन तल्लो तहसम्मको एकीकरण विधि र प्रक्रियालाई व्यवस्थित बनाउनु जरुरी रहेको आँैल्याउनुभयो ।

गत भदौ ९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको २१ दिने प्रशिक्षण भोलिसम्म सञ्चालन हुनेछ । प्रशिक्षणमा नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, थाइल्याण्ड, अर्जेन्टिना, ब्राजिल, तान्जिनिया, ट्युनिसिया, स्टिमोर, फिलिसिन्स, जाम्भिया, कोलम्बिया गरी १४ देशका ४९ जनाको सहभागिता रहेको कार्यक्रम व्यवस्थापन समितिका संयोजक बलराम बाँस्कोटाले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रियस्तरको यस विद्यालयमा माक्र्सवाद, लेलिनवाद एवं कम्युनिजमका बारेमा पढाइएको छ । पढाइसँगै सामाजिक एवं व्यावहारिक काम कसरी गर्ने भन्ने बारेमा व्यावहारिक र प्रयोगात्मक कक्षा सञ्चालन भएको छ ।

प्रशिक्षण अवधिभर प्रधानमन्त्री ओलीसँगै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, मोदनाथ प्रश्रित, वामदेव गौतम, विष्णु पौडेल, वेदुराम भुषाल, भारतका परवीरपुर कायस्थ, बङ्गलादेशका शुसान्त्व दास, अमेरिकाका क्रिसो क्रुसोलगायत विभिन्न देशका कम्युनिजमका विज्ञले प्रशिक्षण दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपा, कांग्रेस र नेकपाको बैठक आज

११ महिनामा ६ हजार विपद्का घटना, ४६४ जनाको मृत्यु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सामाजिक सञ्जाल केवल अभिव्यक्ति मात्र नभएर एक दोषपूर्ण र खतरनाक उत्पादन हो : विज्ञ

रास्वपा, कांग्रेस र नेकपाको बैठक आज

आजदेखि वर्षा गराउने प्रणाली पश्चिमतिर पनि विस्तार हुने

११ महिनामा ६ हजार विपद्का घटना, ४६४ जनाको मृत्यु

ट्रम्पको निक्सन क्षण आउँदै: परमाणु धम्कीको भाषा फेरि अन्तर्राष्ट्रिय द्वन्द्वमा मुद्रा बन्दैछ

मनकामनाबाट फर्कँदै गरेको माइक्रो बस दुर्घटना, ७ जनाको मृत्यु, मृतक सबै भारतीय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com