काठमाडौं,२३ साउन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना केन्द्रीय प्रवक्ता एवं पूर्वमन्त्रीसहित पार्टीका शीर्ष नेता पक्राउको विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
बुधबार अपरान्ह पार्टी महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हिजो बेलुका ७ः३० बजे काठमाडौँको दक्षिणकालीबाट हाम्रो पार्टीका स्थायी समितिका सदस्य तथा प्रवक्ता प्रकाण्डसहित तीनजनालाई सरकारले बिनाकारण गिरफ्तार गरेको छ ।
नेकपाले सार्वजनिक गरेका आन्दोलनका कार्यक्रमहरुः
साउन २५ गते देशव्यापी कोणसभा
साउन २६ गते विरोधसभा
साउन २७ गते भण्डाफोर
साउन २८ गते मशालजुलुस
साउन २९ गते नेपाल बन्द




















प्रतिक्रिया दिनुहोस्