
लुम्बिनी,२९ असार । बिना भंसार रुपन्देहीको कालीदह सीमानाकाबाट नेपाल भित्रयाउन लागिएको तस्करीका लागि तीन जोडी गोरु सशस्त्रप्रहरीले बरामद गरेको छ ।
सशस्त्र प्रहरीबल बीओपी बर्दघाट बेसक्याम्प कालीदहले जानकारी अनुसार तस्करहरुले बालमजदूर प्रयोग गरि नेपाल भित्रयाउन लागेको आवस्थामा प्रहरी गश्तीटोलीले फेला पारि ६ वटा गोरु भंसार चलान गरिएको हो ।
मुसलधारे पानी परेको मौका छोपी गोरुतस्करहरुले खुला सीमाको चोरबाटो मार्फत नेपाल भित्रयाउन लाग्दा प्रहरीको गाडी देखेर तस्करहरु गोरुछाडी खेतैखेतबाट भागेको सशस्त्र प्रहरी निरीक्षक शालीग्राम अधिकारीले दाबी गरे ।
यस अघि कपिलबस्तु प्रहरीले जिल्लाको खुनुवा,कृष्णानगर तथा नन्दनगरबाट दर्जनौ जोडी गोरु बरामद गरेको थियो ।
तस्करहरुले भारत बिभिन्न बजारबाट खरीद गरि कृष्णानगर,खुनुवा चाकरचौडा,शिबलवा र कालीदह नाकाको चोरबाटो मार्फत नेपाल भित्रयाई लुम्बिनी साँस्कृतिक नगरपालिकाको मोहसड,मोगलहा,शिवगढिया तथा तरकुलहा गाँउमा एकत्रित गरि मध्यरातिमा ट्रक मा लोड गरि काकडभिट्टा नाका हुदै बङ्गलादेश पुरयाउने गरेको स्थानीयले बताएका छन ।



















प्रतिक्रिया दिनुहोस्