
काठमाडौं ,२९ असार। महानगरीय प्रहरी परिसर काठमाडौं प्रहरी वरिष्ठ उपरीक्षक विश्व राज पोखरेलले मुलकलाई सव्य,शान्त र भय रहित बनाउने हो भने तस्कर,गुण्डा,अपराधीलाई राज्यले पाल्नै नहुने बताएका छन् ।
महानगरीय प्रहरी प्रभाग बलम्वु द्वाराआयोजित २ सय ५ औं भानु जयन्ती अवसरमा आयोजित खुला कविता प्रतियोगितामा वोल्दै काठमाडौं प्रहरी प्रमुख पोखरेलले अपराध मुत्त समाज,भय मुत्त समाज निर्माणमा आम नागरिकको भुमिका महत्त्वपूर्ण हुने भन्दै प्रहरी विनाको समाज अकल्पनीय हुन बताएका हुन ।

मानविय मूल्य र मान्यता रहेर काम गर्ने प्रहरी जहिले पनि जस्तो सुकै दुख कष्ट सहेर पनि जनताको सेवामा हरदिन,हर रात लागिरहने प्रहरीको दुख पिडा वुझने समाजको पनि विकास हुनुपर्छ, न्यायको भिक माग्न आउनेहरू पिडित मैत्री वनसकेन , पिडक मैत्री समाज मात्र वन्यो हाम्रो समाज उनले भने ।
कार्यक्रममा वोल्दै कार्यक्रमकि संयोजक महानगरीय प्रहरी प्रभाग बलम्वुकी प्रहरी निरिक्षक शर्मिला गुरूङले नेपाली साहित्य मार्फत समाजमा सकारात्मक सन्देश दिन र कुसंगगि विरूद्व धावा वोल्न कार्यक्रमको आयोजना गरिएको बताईन ।
महानगरीय प्रहरी वृत्त का प्रहरी निरिक्षक अमृत वस्नेतले समाजको हरेक गतिविधिमा सहयोग गर्न र अपराध मुत्त समाजको विकासमा प्रहरीको भुमिकामा अझ परिस्कृत हुनु पर्ने औल्याए ।
कार्यक्रममा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी निरिक्षक केशव राज भट्टले पछिल्लो समय नागढुङ्गा नाका वाट हुने अवैध तस्करी रोकथामा सकृय भुमिकामा रहदा अवैध लागुऔषध वाट हजारौ युवाहरूको भविष्य जोखाउन सवै सचेत नागरिक सजक हुने वेला आएको बताए ।
कार्यक्रममा वरिष्ठ साहित्यकार प्रकाश सायमीले साहित्यका माध्यम वाट समाजको अन्धकार हटाउन आफुहरू सधै सचेत र समाजको रूपान्तरणको साहित्यका मार्फत एउटा भए पनि इट्टा थपन जरुरी रहेको बताए ।
२ सय ५ औं भानु जयन्ती अवसरमा आयोजित प्रहरी मेरो साथी र लागुऔषध दुरव्यसनी शिर्षकको खुला कविता प्रतियोगितामा ईसा पौडेल प्रथम ,ज्ञानदवहादुर खड्का दोस्रो, मिरा जिसि काफ्ले तेस्रो र काजल थापा चौथो हुन सफल भए उनिहरूले क्रमश पुरस्कार राशी प्रथम हुनेले २० हजार,दोश्रो १५ हजार,१० हजार,५ हजार पुरस्कार पाएका थिए ।



















प्रतिक्रिया दिनुहोस्