ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 विद्यालय बाहिर बालबालिका नभएको स्थानीय निकाय बन्यो बारबर्दिया


bhawani desk
असार २८, २०७५ बिहीबार   ५ : ५६   बजे

बर्दिया २८ असार । बर्दियाको बारबर्दिया नगरपालिका नेपाल कै पहिलो बिद्यालय उमेर समुहका बालबालिकाहरु बिद्यालय बाहिर नभएको सुनिश्चित भएको छ ।

चालु शैक्षिकशत्रमा नगरपालिका भरीका सबै बालबालिकाहरु विद्यालयमा भर्ना गराउन सफल भएपछि नेपाल सरकारका शिक्षा, बिज्ञान तथा प्र्रविधिमन्त्री गिरीराजमणि पोखरेलले बारबर्दिया नगरपालिकालाई नेपाल कै पहिलो विद्यालय उमेर समुहका बालबालिका विद्यालय बाहिर नभएको घोषणा गरेका हुन् ।

बारबर्दिया नगरपालिकाले शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले तोकेको मापदण्ड पुरागरी बारबर्दिया नगरपालिका नेपालका ७ सय ५३ वटा स्थानीय तह मध्ये सबभन्दा पहिलो बालबालिकाहरुको शिक्षाको पहुँचमा सुनिश्चितता भएको नगरपालिका घोषणा भएको हो ।

घोषणा कार्यक्रमको उद्घाटन गर्दै संघीय सरकारका शिक्षा, बिज्ञान तथा प्र्रविधिमन्त्री गिरीराजमणि पोखरेलले अनिवार्य आधारभुत शिक्षाको सुनिश्चितता गर्नका लागि पहिलो भएर बारबर्दिया नगरपलिका नेपाल कै उदाहरणीय नगरपालिका भएको बताए । उनले अब बारबर्दिया नगरपालिकाबाट सबै स्थानीय निकायले सिक्नु पर्दछ र बारबर्दियालाई पछ्याउनु पर्ने बताए ।

मन्त्री पोखरेलले यस बर्ष विद्यार्थी भर्ना अभियानलाई महाअभियानको रुपमा अगाडी बढाएको बताए । उनले दोस्रो चरणको भर्ना अभियान कार्यक्रम अन्र्तगत आगामी भाद्र मसान्त सम्ममा नेपालका सम्पुर्ण पालिकाहरुले घरधुरी सर्वेक्षण गरी विद्यालय देखि बाहिर रहेका बालबालिकाहरुलाई विद्यालयमा ल्याउनु पर्ने नरहेको मन्त्री परिषद्ले निर्णय गरेको बताए ।

आगामी भाद्र महिना भित्र नेपालका सम्पुर्ण स्थानीय निकायहरुमा अनिवार्य आधारभुत अनिवार्य शिक्षाको प्रत्याभुती गराउने बताउँदै मन्त्री पोखरेलले अभिभावक विहिन बालबालिकाहरुको संरक्षणको जिम्मा राज्यले नै लिने बताए ।

बारबर्दिया नगरपालिकाले नगरभित्र रहेको ४३ वटा सामुदायिक बिद्यालय र १६ वटा संस्थागत बिद्यालय रहेका छन् । वडाका माध्यमिक बिद्यालयको नेतृत्वमा ११ वटै वडामा बिद्यालय उमेर समुहका बालबालिका बिद्यालय बाहिर छैन् भनेर घोषणा गरि सकीएको छ । बारबर्दिया नगरपालिकाको १६ हजार ८० घरधुरीमा सर्वेक्षण गरी २ सय ८७ जना बालबालिका बिद्यालय बाहिर रहेको पत्ता लागाएको थियो ।

उक्त बालबालिकालाई बिद्यालय ल्याउनको लागि बिभिन्न क्रियाकलाप सहित बिद्यालयमा भर्ना गराईएको छ । यस मध्यमा अतिबिपन्न, अपांगता भएका बिद्यार्थीहरुलाई आबश्यकता अनुसारको बिद्यालयमा भर्ना गरी बिभिन्न संघ संस्थाहरुको सहयोगमा छात्रबृद्धि पनि दिईएको छ ।

बारबर्दिया नगरपालिकामा बिद्यार्थीहरुको शैक्षिक गुणस्तर बृद्धि गर्नको लागि प्रधानाध्यपकहरुले ३० बुँदे प्रतिबद्धता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि बढ्दो प्रश्न, संसददेखि संवैधानिक निकाय र कूटनीतिक क्षेत्रमा विवाद

रास्वपामा रवि शक्तिशाली सभापति बन्दै, एक तिहाइ सदस्य मनोनीतको अधिकार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि बढ्दो प्रश्न, संसददेखि संवैधानिक निकाय र कूटनीतिक क्षेत्रमा विवाद

रास्वपामा रवि शक्तिशाली सभापति बन्दै, एक तिहाइ सदस्य मनोनीतको अधिकार

झलनाथलक्षित प्रचण्डको टिप्पणी– प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती गर्दैछन्

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group